Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

कर्णालीलाई तीन विकेटले हराउँदै विराटनगर विजयी

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले अन्तिम क्षणसम्म रोमाञ्चक बनेको खेलमा तीन विकेटले जित हात पारेको छ ।

विराटनगरका बसिर अहमेदले उत्कृष्ट प्रदर्शन गर्दै अविजित अर्धशतक प्रहार गरे । उनले ४३ बलमा तीन चौका र तीन छक्कासहित नटआउट ६० रन बनाए । अन्तिम दुई बलमा चार रन आवश्यक रहेको अवस्थामा बसिरले छक्का प्रहार गर्दै टीमलाई लक्ष्यमा पुर्‍याएका थिए ।

कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा सात विकेट गुमाउँदै १६३ रन बनाउँदै पूरा गर्‍यो । विराटनगरका नारायण जोशीले २५ रन, साम हेजलेटले १६ रन र साहिल पटेलले १९ रन जोडे । अन्य बल्लेबाज दोहोरो अंकमा पुग्न सकेनन् ।

कर्णालीका लागि सोमपाल कामी र गुल्सन झाले दुई–दुई विकेट लिए । पवन सरार्फ, नन्दन यादव र विलियम बसिस्टोले एक–एक विकेट हात पारे तर त्यो जितका लागि पर्याप्त भएन ।

टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभर पूरा गर्दै तीन विकेटको क्षतिमा १६० रन बनाएको थियो । कर्णालीका प्रियाक पञ्चालले ४७ बलमा ६ चौका र २ छक्कासहित ६३ रनको अर्धशतक प्रहार गरे । विलियम बसिस्टो ४८ बलमा ४८ रनमै रोकिए भने गुल्सन झाले १० बलमा २० रन जोडे ।

विराटनगरका मर्चेन्ट डी लेङगा र सन्दीप लामिछानेले एक–एक विकेट लिए । जितसँगै विराटनगर पाँच खेलमा ८ अंकसहित तालिकाको दोस्रो स्थानमा कायम छ । अपराजित सुदूरपश्चिम चार खेलमै ८ अंकसहित शीर्ष स्थानमा छ । यसैबीच, कर्णाली एक मात्रै जितसहित दुई अंकका साथ पाँचौँ स्थानमा छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending