Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

भेनेजुएलामा लागुऔषध विरोधी ‘भूमि कारबाही’ शीघ्र सुरु हुने राष्ट्रपति ट्रम्पको घोषणा

खबरडबली संवाददाता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट हुने लागुऔषध तस्करी रोक्ने आफ्नो अभियान अन्तर्गत ‘भूमिबाट’ प्रत्यक्ष कारबाही चाँडै सुरु हुने घोषणा गरेपछि कारकाससँगको कूटनीतिक तनाव अझै बढेको छ । काराकासले अमेरिकाको यो पहललाई शासन परिवर्तनको उद्देश्य भएको भन्दै आरोप लगाउँदै आएको छ ।

थ्याङ्क्सगिभिङ होलिडेको अवसरमा तैनाथ अमेरिकी सैनिकहरूसँग गरिएको भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले ‘साउदर्न स्पियर’ नामक लागुऔषध विरोधी अभियानमा संलग्न अमेरिकी बलको प्रशंसा गर्दै पछिल्ला हप्तामा भेनेजुएलाका तस्करहरूलाई रोक्ने गतिविधि तीव्र रहेको उल्लेख गरे । यद्यपि उनले कुन कारबाहीलाई स्पष्ट रूपमा जनाएको हो भन्ने खुलाइएको थिएन ।

अमेरिकी सेनाले हालै क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा लागेको भन्दै अन्तर्राष्ट्रिय जलक्षेत्रमा गुड्ने डुङ्गाहरूमा हवाई आक्रमण गरी कम्तीमा ८३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । यससँगै अमेरिकाले बी–५२ र बी–१बी बमवर्षक विमानहरू भेनेजुएलाको तट नजिक उडाउनुका साथै हवाई शक्ति प्रदर्शनसमेत तीव्र पारेको छ ।

राष्ट्रपति ट्रम्पले समुद्रमार्फत् लागुऔषध तस्करी ‘करिब ८५ प्रतिशत नियन्त्रणमा आइसकेको’ दाबी गर्दै अब ‘भूमिबाट थप कडा निगरानी र रोकथाम चाँडै सुरु हुने’ बताए ।

– भेनेजुएलासँग बढ्दो कूटनीतिक तनाव –

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोविरुद्ध वासिङ्टनले पछिल्ला दिनमा दबाब बढाउँदै आएको छ । अमेरिकी प्रशासनले भेनेजुएलाको एक कथित लागुऔषध गिरोहलाई विदेशी आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेको भने अमेरिकी उच्च सैन्य अधिकारीहरूको क्षेत्रीय यात्रा र सैनिक शक्तिको परिचालन पनि बढाइएको छ ।

थ्याङ्क्सगिभिङ होलिडेमा रक्षामन्त्री पिट हेग्सेथले विमानवाहक जहाजमा बसेर सैनिकहरूलाई भेटेर ‘गिरोहविरुद्धको प्रयास’ मा कृतज्ञता प्रकट गरेको पेन्टागनले प्रकाशित भिडियोमा देखिएको छ ।

 उडान यातायातमा ठूलो अवरोध

बढ्दो तनावका कारण भेनेजुएलातर्फका अन्तर्राष्ट्रिय उडानहरूमा ठूलो असर पर्न थालेको छ । अमेरिकी एफएएले ‘सुरक्षा जोखिम’ भन्दै चेतावनी जारी गरेपछि स्पेन, पोर्चुगल, चिली, ब्राजिल लगायतका देशका प्रमुख विमान कम्पनीहरूले भेनेजुएलाका उडानहरू स्थगित गरेका छन् ।

यसको जवाफमा भेनेजुएलाको उड्डयन प्राधिकरणले ती एयरलाइन्सहरूलाई ‘संयुक्त राज्य अमेरिकाले प्रवर्द्धन गरेको राज्य आतङ्कवादको कारबाहीमा सहभागी’ भएको आरोप लगाउँदै प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

स्पेनिश एयरलाइन्स आइबेरियाले ‘पूर्ण सुरक्षा सुनिश्चित भएपछि मात्र उडान पुनः सुरु गर्ने’ भन्दै हाल भेनेजुएलामा उडान गर्नु उच्च जोखिम भएको उल्लेख गरेको छ ।

उडान स्थगनका कारण भेनेजुएलामा मात्रै करिब आठ हजारभन्दा बढी यात्रु प्रभावित भएको बताइन्छ । स्थानीय केही कम्पनीले सीमित उडान सेवा भने सञ्चालन गरिरहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE