नेपालगन्ज। केही दिनदेखि बाँकेका विभिन्न स्थानमा सुरक्षा चेकजाँच कडा पार्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट पेस्तोल र गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक पातलीले नेपालगन्ज २ बसपार्क क्षेत्रबाट गस्तीमा रहेको प्रहरीले पेस्तोल बरामद गरेको बताए ।
उनले पेस्तोलसंगै म्याग्जिन र दुई राउण्ड गोली समेत बरामद गरिएको जनाए।
सो पेस्तोल कसले ल्याएको वा कसले प्रयोग गरेको हो भन्ने कुरा यकिन हुन नसकेपनि उक्त पेस्तोल प्रयोग गरेको आशङ्कामा प्रहरीले बसपार्क क्षेत्रबाटै एक जनालाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पातलीले बताए।
सो पेस्तोल र गोली बरामद भएको घट्ना बारे बिस्तृत अनुसन्धान सुरु गरिएको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले सो बारेमा सबै कुरा छानविन भइरहेको बताएको छ ।
पछिल्लो समयमा प्रहरीले जिल्लाको नेपाल भारत नाकासहित अन्य विभिन्न शङ्कास्पद स्थानहरुमा समेत निगरानी कडा पार्दै लगेको छ । सोही कारणले भारतबाट अवैध आयात गर्नेहरु दैनिकजसो पक्राउ परिरहेका छन् भने अदालतबाट सजाय तोकिएका फरारहरु पनि दैनिकजसो पक्राउ परिरहेका छन् ।
बाँकेमा अवैध आयात, लागुऔषध नियन्त्रण र अवैध हातहतियारको खोजीमा प्रहरीले बिशेष अभियाननै सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले बताए।
उनले निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा व्यवस्था बलियो हुनु अपरिहार्य भएकोले हरीले जिल्लामा सुरक्षा कडा पार्दै गएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...
मंसिर २० गते, २०८२ - ११:३०
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...




प्रतिकृया लेख्नुहोस्: