Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

एमाले महाधिवेशन: महासचिवको दौडमा हाइ–प्रोफाइल भिडन्त, ओली–ईश्वर ‘पावर ब्लक’ आमनेसामने

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेको दोस्रो शक्तिशाली पद मानिने महासचिवका लागि यो महाधिवेशनमा असाध्यै तातो प्रतिस्पर्धा देखिने भएको छ। भूमिगत राजनीतिक कालदेखि एमालेमा महासचिव कार्यकारी तहको प्रमुख मानिँदै आएको यो पद अहिले पनि संगठन, मोर्चा र पार्टीको मूल सञ्चालनसँग प्रत्यक्ष जोडिएको मानिन्छ। यही कारणले महासचिवलाई ‘अध्यक्षपछिको उत्तराधिकारी’ पदका रूपमा हेरिन्छ।

यस्तै संवेदनशील र शक्तिशाली पद हात पार्नका लागि एमालेभीत्र दशकौँदेखि प्रतिस्पर्धा चल्दै आएको छ। मंसिर २७–२९ मा हुने एघारौँ महाधिवेशन भने पछिल्ला वर्षकै सर्वाधिक चाखलाग्दो, ध्रुवीकृत र रणनीति–प्रधान बन्ने संकेत देखिएको छ।

ओली र ईश्वर पोखरेल दुई प्यानल बनाउनतर्फ

एमालेका वरिष्ठ नेता र पदाधिकारीहरूको मूल्यांकन अनुसार यो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा दुई ठूला प्यानल तयार भइरहेका छन्।
विद्या भण्डारी पक्षसँग खुलेर उभिएका ईश्वरले छुट्टै प्यानल बनाउने संकेत दिँदै आएपछि महाधिवेशनभित्रको शक्ति समीकरण झन् तीब्र बनेको छ।

पदाधिकारीका १५ पदमा चुनाव अपरिहार्य देखिँदै छ, तर सबैभन्दा रोचक र निर्णायक भिडन्त महासचिवमा हुने नेताहरूको ठम्याइ छ।

ओलीको ‘फर्स्ट च्वाइस’ : शंकर पोखरेल

ओली निकटका अनुसार महासचिवका लागि शंकर पोखरेल नै ओलीको पहिलो रोजाइमा छन्।  दसौँ महाधिवेशनबाट महासचिव बनेका पोखरेललाई ओलीसँगै हिँडेका, वैचारिक र कार्यशैलीमा दृढ मानिन्छ। ओलीले विधन महाधिवेशनदेखि नै उनलाई अगाडि सार्दै आएको इतिहास छ।

तर, परिस्थिति शून्य–रेखामा छैन। पार्टीभित्रको सत्ता र सन्तुलनका कारण ओलीले अन्तिम घडीमा ‘सुरक्षित’ र ‘विश्वस्त’ मानिएको नामतर्फ पनि मोडिन सक्ने विश्लेषण छ।

उपमहासचिव प्रदीप ज्ञवाली : अर्को बलियो दाबेदार

प्रदीप ज्ञवाली महासचिवका अर्को धाक जमाउने दावेदार हुन्। उनले गत विधान महाधिवेशनमा अध्यक्षको प्रतिवेदन वाचन गरेपछि ओलीको गहिरो विश्वास जितेका छन्।
नेताहरू भन्छन्— “एघारौँ महाधिवेशनमा ओलीको महासचिव उम्मेदवार ज्ञवाली पनि हुन सक्छन्।”  ज्ञवालीले स्वयं पनि यो पदप्रति स्पष्ट आकांक्षा सार्वजनिक गरिसकेका छन्।

प्रदर्शक तेस्रो शक्ति : पृथ्वीसुब्बा गुरुङ

उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि महासचिवमा दाबी राखेका छन्। नेतृत्वले टुंगो नलगाए आफू उम्मेदवार बन्ने संकेत उनले सार्वजनिक रूपमा दिएका छन्।

यता, दसौँ महाधिवेशनमा उठाइएका ‘पुराना’ पदाधिकारीहरू दोहोर्याउनुपर्ने दबाब ओलीमाथि छ, जसले विकल्प झन् जटिल बनाइदिएको छ।

विद्या–ईश्वर समूह : तीन सम्भावित महासचिव

ओलीलाई महाधिवेशनमा ‘धक्का’ दिने रणनीतिसहित अघि बढेको विद्या–ईश्वर समूह पनि महासचिवमा बलियो तयारीमा छ।

यस समूहबाट गोकर्ण विष्ट, योगेश भट्टराई  र सुरेन्द्र पाण्डे   प्रमुख रूपमा उभिएका छन् । योजनाअनुसार सुरेन्द्र पाण्डेलाई ‘मुख्य’ उम्मेदवारका रूपमा अघि सार्ने तयारी छ। यदि पाण्डे तयार नबने, विष्ट र योगेशमध्ये एकजना महासचिवका लागि उठाइने नेताहरू बताउँछन्।

ओलीको चुनौती : संगठन बचाउने कि शक्ति सन्तुलन ?

महाधिवेशनमा दुई प्यानल स्पष्ट बन्दै गएपछि ओलीका लागि महासचिव छान्नु संगठनात्मक भन्दा बढी राजनीतिक जोखिम भएकाे छ।

उनले आफूसँग दीर्घकालीन निष्ठा देखाउने, संगठनमा पकड राख्ने, विपक्षी प्यानलसँग भिड्न सक्ने र भविष्यको नेतृत्व सुनिश्चित गर्नेजस्तो बहुआयामिक समीकरण मिलाएर मात्र उम्मेदवार टुंग्याउनुपर्ने हुन्छ।

यही कारणले अहिले एमालेभित्र ‘अन्तिम घडीसम्म खेल उल्टिन सक्छ’ भन्ने आन्तरिक पूर्वानुमान मजबुत हुँदै गएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE