रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्र नं. २ बाट उम्मेदवारी दिएको बताएका छन्।
नेकपा एमाले र नेकपा एस हुँदै हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा रहेका पाण्डेले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा २०७९ को निर्वाचनमा आफू पराजित भएपछि पाल्पाको विकासले अपेक्षित गति लिन नसकेको दाबी गरे। स्थानीयको आग्रहमा पुनः चुनावी मैदानमा उत्रिएको उनले बताए।
पाण्डेले आफू पदमा रहँदा मात्र नभई बाहिर रहँदा पनि पाल्पाको विकासमा निरन्तर सक्रिय रहेको उल्लेख गरे। सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि विशेष पहल गरेको स्मरण गर्दै उनले तत्कालीन अर्थमन्त्री युवराज खतिवडासँग बजेट सुनिश्चित गर्न दबाब दिएको दाबी गरे।
सुरुङमार्गका लागि आवश्यक प्राविधिक सहयोग जुटाउन विदेशी विज्ञसँग समन्वय गरिएको उनको भनाइ छ। स्रोत सुनिश्चित गरी सुरु भएको निर्माणले तिनाउ क्षेत्रसहित पाल्पा आउने–जाने यात्रुलाई सहजता हुने उनले बताए।
पाल्पालाई पर्यटकीय हब बनाउने योजना प्रस्तुत गर्दै पाण्डेले तानसेनलाई ऐतिहासिक तथा पर्यटकीय शहरका रूपमा विकास गर्ने आफ्नो दृष्टि रहेको बताए। लुम्बिनीसँग तानसेनलाई जोड्दै श्रीनगर क्षेत्रमा बौद्ध मन्दिर तथा ‘बुद्ध गार्डेन’ अवधारणा अघि सारेको उनले उल्लेख गरे।
श्रीनगरलाई हिल स्टेशनका रूपमा विकास गर्ने, तानसेन–पोखरा सडक स्तरोन्नति, हार्थोक–छहरा सडक सुधार, तथा माडी क्षेत्रमा चक्रपथ निर्माणजस्ता पूर्वाधार योजनामा आफूले पहल गरिरहेको पाण्डेले बताए।
जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय सम्पत्तिमाथि भएको क्षतिलाई गम्भीर रूपमा लिनुपर्ने धारणा पनि राखे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: