Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

खबरडबली संवाददाता

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ्चालन गरिने भएको छ।

संसद सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार सरकारले निर्वाचनपछिको संसद सञ्चालनका लागि उक्त भवन उपलब्ध गराउने जानकारी सचिवालयलाई गराइसकेको छ।

आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधीन संसद भवन परिसरमा रहेका १२ वटा भवनमध्ये हाललाई ६ वटा भवन प्रयोगका लागि उपलब्ध गराइने बताए। प्रतिनिधिसभा गठन भइसकेपछि राष्ट्रियसभाको बैठक पनि यही भवनबाट सञ्चालन गरिने उनको भनाइ छ।

उनका अनुसार नयाँ संसद भवनको करिब ९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ। बाँकी काम चैत महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारसँग निरन्तर समन्वय भइरहेको पनि उनले जानकारी दिए।

निर्वाचनपछि बस्ने प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि सचिवालयले अन्य कुनै वैकल्पिक स्थानको खोजी नगरेको स्पष्ट पार्दै प्रवक्ता गिरीले आधुनिक प्रविधि प्रयोग गरी संसद सञ्चालन गर्न आवश्यक तयारी अघि बढाइएको बताए।

यसअघि प्रतिनिधिसभा बैठक बस्दै आएको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भएपछि प्रयोगविहीन बनेको छ। उक्त भवनको पुनर्निर्माण कार्य हालसम्म सुरु हुन सकेको छैन।

हाल राष्ट्रियसभाको १९औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको सभाहलबाट सञ्चालन भइरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: