काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा दबाब बढाइरहेका बेला सर्वोच्च अदालतको नियमित प्रक्रिया हेर्दा चुनावअघि उक्त मुद्दाको सुनुवाइ सुरु हुनै कठिन देखिएको छ।
सर्वोच्चले २० माघका लागि नियमित तारेख तोकेको भए पनि संवैधानिक इजलास हप्तामा एकपटक मात्र बस्ने, स्वचालित पेशी व्यवस्थापन प्रणाली, सार्वजनिक बिदा र पुराना मुद्दाको चापका कारण छिटो पेशी तोकिने सम्भावना न्यून छ। ६ फागुन ग्याल्पो ल्होसारको बिदापछि मात्रै इजलास बस्ने भएकाले समय झन् धकेलिने देखिन्छ।
यसअघिका विघटन मुद्दामा पनि सर्वोच्चले नियमित सुनुवाइ गर्न तीनदेखि चार साता समय लगाएको अभ्यास छ। आवश्यक परे एमिकस क्यूरी मगाउने परम्पराले प्रक्रिया अझै लम्बिन सक्छ।
सर्वोच्चसँग सम्बद्ध स्रोतका अनुसार, निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा त्यसलाई प्रभावित हुनेगरी न्यायिक सक्रियता नदेखाउने निष्कर्ष न्यायाधीशहरूबीच बनेको छ। अदालतले मुद्दा नियमित प्रक्रियाबाटै अघि बढ्ने संकेत दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: