काठमाडौँ। भारत–नेपालबीचको रोटीबेटी सम्बन्ध पुरानो हो। तर मधेशमा पछिल्ला महिनामा एउटा नयाँ र चिन्ताजनक ट्रेन्ड देखिन थालेको छ—चिनियाँ नागरिकहरूले नेपाली नाबालिकासँग विवाह गर्ने प्रकरणहरू।
बारा प्रहरीले बुधबार मध्यराति करैयामाई गाउँपालिका–१ हरैयामा चिनियाँ नागरिक र मुस्लिम समुदायकी नाबालिकाबीच हुन लागेको बालविवाह रोकेको छ।
प्रहरीले बेहुला, बेहुली र बेहुलीका बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कलैयामा अनुसन्धान थालेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।
चिनियाँसँग विवाहको श्रृंखला? एक वर्षमै तीन घटना
स्थानीयका अनुसार यो पहिलो घटना भने होइन। एक वर्षभित्र उही गाउँमा कम्तीमा तीन नाबालिकाको विवाह चिनियाँ नागरिकसँग भएको दाबी गरिएको छ। स्थानीय बासिन्दा भन्छन् “भारततिर विवाह पुरानै चलन हो। तर अब त चीनबाटै ज्वाइँ आउन थाले। गाउँमै नयाँ डर फैलिएको छ।”
घटनाबारे विवरण खुल्दै जाँदा आर्थिक प्रलोभनका आधारमा मधेसी परिवारलाई लक्ष्य बनाइएको आशंका बलियो बन्दै गएको छ। स्थानीयका अनुसार केही बिचौलियाले गरीब परिवारलाई पैसा देखाएर चिनियाँ पुरुषसँग विवाह मिलाइदिने गरेको खुल्न थालेको छ।
प्रहरीको शंका: मानव तस्करीको नयाँ मोडेल?
चिनियाँ नागरिकसँग विवाहका घटना बढ्दै जानु स्थानीय प्रहरीका लागि पनि ‘रेड अलर्ट’ बनेको छ। प्राथमिक अनुसन्धानमा पक्राउ परेका चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा दुरुस्त पाइएको छ। तर यस्तो विवाहमार्फत मानव तस्करी वा अन्तरदेशीय शोषणको ट्रान्जिट बनाइएको हो कि ? भन्ने शंका प्रहरी भित्रिएको छ।
गाउँभरी अहिले एउटाैँ प्रश्न घुमिरहेछ—“चिनियाँले किन मधेशमै नाबालिकालाई खोज्दै हिँडेको?” बालविवाह, अन्तरदेशीय विवाह र बिचौलियाको भूमिकाबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: