काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा बिहीबार साँझ भएको खेला पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हरायो ।
तेस्रो खेलमा आएर पहिलो जित निकालेको पोखराले दुई अङ्क बनाएको छ । लगातार तेस्रो हार खेपेको जनकपुरले अङ्क तालिकामा खाता खोल्न सकेको छैन ।
जितका लागि एक सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३० रनमा समेटियो ।
जनकपुरका लागि वेन पार्नेलले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टरेन । उनले ३८ बलमा दुई चौका र चार छक्काको सहयोगमा ५० रन बनाए । यस्तै सन्जय कृष्णमूर्तिले २५ र ओपनर माज सदाकतले २० रन बनाए ।
जनकपुरलाई स्तब्ध बनाउन बलिङमा पोखराका विपिन खत्रीले चार विकेट लिए । उनले विकेट लिने क्रममा चार ओभरमा १५ रन खर्चिए । यस्तै सुमीत वर्माले दुई तथा कप्तान कुशल भुर्तेल र जिमी निसमले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो ।
पोखराका लागि सुमीत वर्माले सर्वाधिक अविजित ५० रन बनाए । उनले २९ बलमा दुई चौका र चार छक्काको सहयोगमा अर्धशतक बनाए ।
अलराउन्ड प्रदर्शन गरेका सुमीत प्लेयर अफ दि म्याच बने । यस्तै ओपनर दिनेश खरेलले ३८, त्रित राज दासले २९ र एडम रोसिङ्टनले २४ रन बनाए ।
बलिङमा जनकपुरका सन्जय कृष्णमूर्तिले तीन विकेट लिए । अनिल शाह र ललित राजवंशीले एक एक विकेट लिए ।
एनपिएलअन्तर्गत शुक्रबार चितवन राइनोज र काठमान्डु गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: