उदयपुर । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले कोशी प्रदेश राजधानी विराटनगरमा आगामी मंसिर १५ गते आयोजना हुन लागेको एकता सन्देशसभामा जिल्लाबाट करिब दुई हजार नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुक सहभागी गराउने भएको छ ।
जिल्लास्थित नेकपाको बिहीबार बसेको संयुक्त बैठकले विराटनगरमा हुने सन्देशसभालाई पार्टी एकताको शक्तिशाली प्रदर्शनका रूपमा प्रस्तुत गर्ने लक्ष्यसहित आठवटै स्थानीय तहबाट सहभागी जुटाउने निर्णय गरेको हो ।
तत्कालिन नेकपा माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक तथा अहिले नवगठित नेकपा उदयपुरका नेतृत्वकर्ता द्रोण पौडेल ‘निरज’ ले प्रदेश पार्टीले जिल्लालाई सात सयको मात्र कोटा तोके पनि संयुक्त बैठकले झन्डै दुई हजार सहभागी लैजाने सहमति भएको जानकारी दिए ।
उनले भने, “एकतामा सहभागी भएका पूर्व माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा चिरन सि समूहलगायत विभिन्न घटकहरू अहिले एउटै संरचनामा संगठित भएका छन् । यही एकतालाई विराटनगरको सभामा शक्तिशाली रूपमा देखाउनेछौँ । उदयपुरमा एकता भेला मंसिर २० गते आयोजना गर्ने तयारी पनि भइरहेको छ ।”
यसअघिको तयारी बैठकलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य बलदेव चौरीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका त्रुटिपूर्ण निर्णयहरूका कारण ‘जेन–जी’ आन्दोलन जन्मिएको दाबी गरे । उनका अनुसार, नयाँ राजनीतिक परिस्थिति र जेन–जी आन्दोलनको उभारले कम्युनिस्ट शक्तिलाई पुनः ध्रुवीकृत गर्दै नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्न प्रेरित गरेको हो ।
चौरीले भने, “जेन–जी आन्दोलनले उठाएका मुद्दा आज नेपाली कम्युनिस्ट पार्टीका मूल एजेन्डा बनेका छन् । अब देशलाई नयाँ दिशा दिने गरी एकीकृत कम्युनिस्ट आन्दोलन अघि बढ्छ ।”
त्यसैगरी बैठकका प्रमुख अतिथि तथा नेकपा केन्द्रीय सदस्य हरिबोल गजुरेलले हरेक ठूलो आन्दोलनपछि कम्युनिस्ट आन्दोलनमा नयाँ ध्रुवीकरण हुने विशेषता दोहोरिने उल्लेख गरे । उनले २०४६ सालको जनआन्दोलनपछि देखिएको कम्युनिस्ट विभाजन र त्यसपछि बनेका दुई धाराले देशलाई क्रमशः गणतन्त्र र कम्युनिस्ट सरकारको अनुभूति दिलाएको ऐतिहासिक उदाहरण स्मरण गरे ।
गजुरेलले भने, “जेन–जी आन्दोलनपछि पनि कम्युनिस्टबीच फेरि एकता भएको छ । अहिलेको यो एकता संविधानको रक्षा गर्दै देशलाई समाजवादको बाटोमा लैजाने उद्देश्यसहित अघि बढेको छ । समाजका संरचनागत समस्याको समाधान समाजवादी मार्गबाट मात्रै सम्भव छ ।”
एकतापछि उदयपुरमा बसेको यो संयुक्त बैठक सबै घटकको उपस्थिति रहेको पहिलो औपचारिक बैठक हो । बैठकले पार्टी संरचना सुदृढीकरण, विराटनगर सभाको तयारी, र जिल्लास्तरीय एकता कार्यक्रमको व्यवस्थाबारे विभिन्न निर्णयहरू पनि गरेको जानकारी दिइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: