Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण

खबरडबली संवाददाता

काठमाडौँ । “म नरहे पनि तिमीले एउटा सङ्गीतसम्बन्धी स्कुल खोल्नु र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनु । यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्‍याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नु । तिमीले केही गर्नुपर्दैन । साथीहरूले सघाउँछन्”, स्वरसम्राट नारायण गोपालले बित्नुअघि अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा धर्मपत्नी पेमला गुरूवाचार्यलाई दिएको जिम्मेवारीले अहिले पूर्णताः पाएको छ । 

पेमलाले नारायण गोपालको उक्त उद्गारलाई नारायण गोपाल सङ्गीत कोषद्वारा प्रकाशित ‘बागीना’ को स्मृति अङ्कको संस्मरणमा लखेका छन् । 

नारायण गोपालको उक्त सुरमय सपना महाराजगञ्जस्थित नवनिर्मित ‘गीत गङ्गा’ भवनले पूरा गरेको छ । यद्यपि, गुरुवाचार्य जीवित छँदा भने यो कार्यले पूर्णता पाउन सकेन ।

महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट नजिक एक रोपनी चार आना जग्गामा निर्मित ‘गीत गङ्गा’ सङ्गीतमय भवनमा रूपान्तरण हुँदै छ । यहाँ एक अत्याधुनिक स्टुडियो, विभिन्न सङ्गीतका कक्षाकोठाहरू, नारायण गोपालको सङ्ग्रहालय र एक सङ्गीतसम्बन्धी एफएम रेडियो पनि सञ्चालनको तयारी भइरहेको छ । 

यहाँका दुई भवनमध्ये एउटालाई ‘गीत गङ्गा’ र अर्काेलाई नारायण गोपाल सङ्गीत कोषको कार्यालयका रूपमा निर्माण गरिएको कोषले जनाएको छ । काठमाडौँ महानगरपालिकाको तत्कालीन नेतृत्वले गरेको निर्णयबाट उक्त भवन निर्माणार्थ रु पाँच करोड ५० लाख विनियोजन भएपछि विसं २०७७ देखि काम सुरु भएको थियो ।

त्यसबेला कामपा–३ का वडाध्यक्ष दीपक केसी अहिले नारायण गोपाल सङ्गीत कोषको अध्यक्ष भएर स्वरसम्राटको अन्तिम इच्छालाई साकार बनाउने अभियानमा अगुवाइ गर्दै छन् । 
अध्यक्ष केसीले पहिलो कार्यकालमा वडाध्यक्ष हुँदा २०५३ सालमा महाराजगञ्जमा नारायण गोपाल चोक नामकरण गरी उनको शालिक निर्माण गराएका थिए । वि.सं. २०७१ देखि कोषमा जोडिएका केसीले ‘गीत गङ्गा’ भवन नेपालको सबैभन्दा ठुलो ‘फुल अर्केष्ट्रा’ सहितको स्टुडियो निर्माण हुँदै छ । 

“अस्पतालको श्यैयामा रहेका बेला स्वरसम्राटले आफ्नो हात्तिगौँडाको जग्गा बेचेर सङ्गीत विद्यालय खोल्न भनेका थिए,त्यहाँको जग्गा बेच्न नमिलेकाले महाराजगञ्जको जग्गालाई राष्ट्रको सम्पत्ति बनाएका छौँ । ‘गीत गङ्गा’ भवन नयाँ पुस्ताका लागि सङ्गीतको ज्ञान केन्द्र हो”, अध्यक्ष केसीले भने, “हामीलाई महानगरबाहेक अहिले अन्य सरकारबाट कुनै सहयोग प्राप्त भएको छैन । कोषमा रहेको रु ६० लाखको रकमबाट वार्षिक कार्यक्रम र पुरस्कार सञ्चालन गरिरहेका छौँ ।”

यही मङ्सिर १९ गते नारायण गोपालको ३५औँ स्मृति दिवसका अवसरमा कोषको आयोजनामा ‘गीत गङ्गा’ भवनको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबाट उद्घाटनका साथै स्रष्टा सम्मान र पुरस्कार वितरण कार्यक्रम हुँदै छ । 

कोषले गायक तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धर र वरिष्ठ सर्जक बिबी थापालाई सम्मान र जनही रु ५१ हजार राशिको पुरस्कार बालकृष्ण सजीव (रचना), राजु अग्रवाल (सङ्गीत) र दावा ग्याल्मो देवान (गायन) लाई  पुरस्कार प्रदान गरिने जनाएको छ ।

सफल एवं ख्यातिप्राप्त आधुनिक नेपाली गायक नारायण गोपाल गुरूवाचार्यको जन्म विसं १९९६ असोज १८ र मृत्यु विसं २०४७ मङ्सिर १९ भएको थियो । 

नेपालको पहिलो पुस्ताका गायक नारायण गोपालका एक सय ३७ गीत रेकर्डिङ भएका छन् । उहाँका ‘बिछोडको पीडा...’, ‘ए कान्छा ठट्टैमा यो वैँश जान लाग्यो...’, ‘जाग, लम्क चम्क हे...’, ‘गल्ती हजार हुन्छन्...’, ‘अल्झेछ क्यारे पछ्यौरी...’, ‘ईश्वर तैँले रचेर फेरि...’, ‘मेरो बेहोसी...’, मुटु माथि ढुङ्गा राखी...’, ‘मलाई छोडी मेरो छायाँ...’, ‘छोपिएर घामको झुल्का...’, ‘पर्खी बसेँ आउला भनीँ...’ लगायत सयौँ लोकप्रिय गीत छन् ।

गीत र सङ्गीत क्षेत्रका स्थापित व्यक्तित्वहरू लक्ष्मीप्रसाद देवकोटा, प्रेमध्वज प्रधान, रत्नशम्शेर थापा, पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, नातिकाजी, शिवशङ्कर, चाँदनी शाह, दिनेश अधिकारी, कालीप्रसाद रिजाल, किरण खरेल, शम्भुजीत बाँस्कोटा आदिका सृजनासँग सहकार्य गर्दै नारायण गोपालले नेपाली गीतको आधुनिकतामा विशेष आयाम थपेका हुन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending