काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार उत्तरी नाइजेरियामा सामूहिक अपहरणमा भएको वृद्धिको निन्दा गर्दै अधिकारीहरूलाई आक्रमण रोक्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन तत्काल कदम चाल्न आग्रह गरेको छ।
राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता थमिन अल–खितानले जेनेभामा एक पत्रकार सम्मेलनमा भने, “उत्तर–मध्य नाइजेरियामा अपहरणका घटनामा भएको वृद्धिका घटनाले हामी स्तब्ध भएका छौँ ।”
उनले भने, “त्यस्ता घृणित आक्रमणहरू रोक्न र जिम्मेवारहरूलाई जवाफदेही बनाउन सबै कानुनी उपायहरू अपनाउन हामी नाइजेरियाली अधिकारीहरूलाई आग्रह गर्दछौँ ।” केही दिनमै करिब ३५० स्कुले बालबालिकासहित सयौँ नाइजेरियालीहरूको अपहरणले देशमा व्याप्त निरन्तर सुरक्षा सङ्कटको बारेमा चर्को बहस सुरु भइरहेका समय उनको टिप्पणी आएको हो।
“नाइजर, केब्बी, क्वारा र बोर्नो राज्यमा नोभेम्बर १७ यता कम्तीमा ४०२ जना अपहरणमा परेका छन्,” खितानले भने । उनका अनुसार अपहरितमध्ये ८८ जना मात्र मुक्त भएका छन् वा अपहरणकारीबाट भागेका छन्।
उनले नाइजेरियाली अधिकारीहरूलाई अझै पनि कैदमा रहेका सबैलाई उनीहरूको परिवारमा सुरक्षित फिर्ती सुनिश्चित गर्न र थप अपहरण रोक्न आग्रह गरे । उनले भने, “उनीहरूले अपहरणको छिटो, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नुपर्दछ र जिम्मेवारहरूलाई न्यायको दायरामा ल्याउनुपर्छ।”
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियामा बढ्दो सुरक्षा त्रासका कारण देशका केही भागहरूमा विद्यालय बन्द हुने क्रम सुरु भएको छ।
एक दशक पहिले उत्तरपूर्वी बोर्नो राज्यको चिबोक शहरबाट इस्लामिक लडाकुहरूले लगभग ३०० स्कुले छात्राहरूलाई अपहरण गरेपछि नाइजेरियाले सामूहिक अपहरणको श्रृङ्खलाहरूको सामना गरिरहेको छ । ती अपहरणहरू प्रायः फिरौती भुक्तानीको खोजीमा आपराधिक गिरोहहरूले गर्ने गरेका छन्।
बोर्नो राज्य लामो समयदेखि चलिरहेको इस्लामिक विद्रोहको केन्द्र पनि हो । सन् २००९ देखि हालसम्म बोर्नोमा भएका विद्रोही गतिविधिका कारण ४० हजारभन्दा बढी व्यक्तिको ज्यान गुमिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: