Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

अपहरण रोक्न 'सबै कानुनी उपाय' अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

खबरडबली संवाददाता

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार उत्तरी नाइजेरियामा सामूहिक अपहरणमा भएको वृद्धिको निन्दा गर्दै अधिकारीहरूलाई आक्रमण रोक्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन तत्काल कदम चाल्न आग्रह गरेको छ।

राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका प्रवक्ता थमिन अल–खितानले जेनेभामा एक पत्रकार सम्मेलनमा भने, “उत्तर–मध्य नाइजेरियामा अपहरणका घटनामा भएको वृद्धिका घटनाले हामी स्तब्ध भएका छौँ ।”

उनले भने, “त्यस्ता घृणित आक्रमणहरू रोक्न र जिम्मेवारहरूलाई जवाफदेही बनाउन सबै कानुनी उपायहरू अपनाउन हामी नाइजेरियाली अधिकारीहरूलाई आग्रह गर्दछौँ ।” केही दिनमै करिब ३५० स्कुले बालबालिकासहित सयौँ नाइजेरियालीहरूको अपहरणले देशमा व्याप्त निरन्तर सुरक्षा सङ्कटको बारेमा चर्को बहस सुरु भइरहेका समय उनको टिप्पणी आएको हो।

“नाइजर, केब्बी, क्वारा र बोर्नो राज्यमा नोभेम्बर १७ यता कम्तीमा ४०२ जना अपहरणमा परेका छन्,” खितानले भने । उनका अनुसार अपहरितमध्ये ८८ जना मात्र मुक्त भएका छन् वा अपहरणकारीबाट भागेका छन्।

उनले नाइजेरियाली अधिकारीहरूलाई अझै पनि कैदमा रहेका सबैलाई उनीहरूको परिवारमा सुरक्षित फिर्ती सुनिश्चित गर्न र थप अपहरण रोक्न आग्रह गरे । उनले भने, “उनीहरूले अपहरणको छिटो, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नुपर्दछ र जिम्मेवारहरूलाई न्यायको दायरामा ल्याउनुपर्छ।”

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियामा बढ्दो सुरक्षा त्रासका कारण देशका केही भागहरूमा विद्यालय बन्द हुने क्रम सुरु भएको छ।

एक दशक पहिले उत्तरपूर्वी बोर्नो राज्यको चिबोक शहरबाट इस्लामिक लडाकुहरूले लगभग ३०० स्कुले छात्राहरूलाई अपहरण गरेपछि नाइजेरियाले सामूहिक अपहरणको श्रृङ्खलाहरूको सामना गरिरहेको छ । ती अपहरणहरू प्रायः फिरौती भुक्तानीको खोजीमा आपराधिक गिरोहहरूले गर्ने गरेका छन्।

बोर्नो राज्य लामो समयदेखि चलिरहेको इस्लामिक विद्रोहको केन्द्र पनि हो । सन् २००९ देखि हालसम्म बोर्नोमा भएका विद्रोही गतिविधिका कारण ४० हजारभन्दा बढी व्यक्तिको ज्यान गुमिसकेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending