Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

वासिङ्टन–किएभको जोड : युक्रेनको पूर्ण सार्वभौमिकता कायम रहने शान्ति सम्झौता आवश्यक

खबरडबली संवाददाता

जेनेभा । जेनेभामा अमेरिकी, युक्रेनी र युरोपेली अधिकारीहरूबीच सम्पन्न ‘रचनात्मक’ वार्तापछि वासिङ्टन र किएभले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै रुससँगको युद्ध रोक्ने कुनै पनि अन्तिम सम्झौताले युक्रेनको सार्वभौमसत्ता पूर्ण रूपमा सुरक्षित राख्नैपर्ने स्पष्ट सन्देश दिएका छन् ।

अमेरिकाले तयार पारेको प्रारम्भिक शान्ति प्रस्तावप्रति केही युरोपेली आलोचना उठेपछि सुरु भएको एकदिने बैठकले ‘अद्यावधिक र परिष्कृत शान्ति ढाँचा’ को मस्यौदा तयार गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको पूर्ण आक्रमणपछि करिब चार वर्ष लामो युद्ध अन्त्य गर्ने उद्देश्यले तयार पारेको आफ्नो योजना स्वीकार गर्न युक्रेनलाई नोभेम्बर २७ सम्म समयसीमा दिएको थियो ।

तर किएभले मस्कोका कडा मागहरूलाई अस्वीकार्य बताउँदै २८–बुँदे योजनामा परिमार्जन आवश्यक रहेको धारणा व्यक्त गर्दै आएको थियो । त्यस योजनाले युक्रेनलाई केही क्षेत्र बुझाउन, आफ्नो सेना कटौती गर्न र नाटोमा कहिल्यै प्रवेश नगर्ने आश्वासन दिन दबाव दिएको छ ।

संयुक्त वक्तव्यमा भनिएको छ, “वार्ता अत्यन्तै रचनात्मक, उद्देश्यप्रति केन्द्रित र पारस्परिक सम्मानका आधारमा भयो, जसले न्यायपूर्ण र दिगो शान्ति हासिल गर्ने हाम्रो साझा सङ्कल्पलाई अझ गहिरो बनाएको छ ।” विज्ञप्तिले सहमतिका ठोस बुँदामा ‘अर्थपूर्ण प्रगति’ भएको उल्लेख गर्दै भविष्यका कुनै पनि सम्झौतामा युक्रेनको सार्वभौमिकता अविचल रूपमा सम्मानित हुनुपर्ने कुरा पुनः दोहोर्‍याएको छ ।

दुवै पक्षले आगामी दिनहरूमा संयुक्त प्रस्तावहरूलाई अझ परिष्कृत गर्दै अघि बढ्ने प्रतिज्ञा गरेका छन् । तर वासिङ्टनले यस वार्तालाई ‘महत्त्वपूर्ण कदम’ का रूपमा चित्रित गरिरहँदा युक्रेनको प्रमुख सहर खार्किभमा भएको रूसी ड्रोन आक्रमणमा चार जना नागरिकको निधन भएको मेयर इगोर तेरेखोभले जानकारी गराएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा ‘जबरदस्त प्रगति’ भएको दाबी गरे भने युक्रेनी प्रतिनिधिमण्डलका प्रमुख एन्ड्री यर्माकले पनि ‘धेरै राम्रो प्रगति’ भएको बताए । रुबियोले असहमतिको क्षेत्र सङ्कुचित हुँदै गएको र बाँकी विषयहरू ‘टाढा छैनन्’ भन्दै छिट्टै नतिजामा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार अन्तिम सहमति राष्ट्रपतिहरूबीचै हुनुपर्ने भएकाले क्रेमलिनले समर्थन जनाइसकेको प्रारम्भिक प्रस्तावअघि केही संवेदनशील मुद्दामा थप काम गर्न बाँकी छ ।

वार्ता अघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ‘युक्रेन नेतृत्वले अमेरिकाको प्रयासप्रति कृतज्ञता नदेखाएको’ आरोप लगाएको थियो । त्यसको केही समयमै राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक्समा प्रविष्टि लेख्दै संयुक्त राज्य अमेरिका र राष्ट्रपति ट्रम्पप्रति ‘युक्रेनी जीवन जोगाइरहेको योगदानका लागि गहिरो आभार”’ व्यक्त गरे ।

खार्किभमा भएको रूसी ड्रोन आक्रमणबारे मेयर तेरेखोभले टेलिग्राममा लेख्दै वार्ता चलिरहे पनि ‘रूसी सेनाले नागरिक भवन, पूर्वाधार र आवासीय क्षेत्रमा आक्रमण गरिरहनु अत्यन्तै भयावह’ रहेको बताए । युक्रेनी टोलीले अमेरिकी मस्यौदा योजनाको अद्यावधिक संस्करणमा ‘युक्रेनका अधिकांश प्रमुख प्राथमिकता’ समेटिएको पनि बताएको छ ।

दिनको अन्त्यमा रुबियोले राष्ट्रपति ट्रम्प प्रगति सुनेर ‘सन्तुष्ट र उत्साहित’ भएको धारणा व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिको मागअनुसार नोभेम्बर २७ सम्म सम्झौतामा पुग्न सकिने भन्ने प्रश्नमा ‘हामी सकेसम्म चाँडो निष्कर्षमा पुग्न चाहन्छौँ’ भने । उनले भने, “हाम्रो प्रगति उल्लेखनीय छ र म धेरै आशावादी छु कि छिट्टै नै हामी उचित निष्कर्षमा पुग्नेछौँ ।”

वार्ताको अर्को महत्त्वपूर्ण पाटो युरोपेली भूमिकासँग जोडिएको छ । रुबियोले आफ्नो टोलीले विभिन्न युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग भेट गरेको बताए । युक्रेनी प्रतिनिधिमण्डलले पनि बेलायत, फ्रान्स र जर्मनीका वरिष्ठ अधिकारीहरूसँग परामर्श गरेको छ । प्रारम्भिक अमेरिकी योजना युरोपेली साझेदारको इनपुट बिना तयार गरिएको भन्दै युरोपेली पक्षले आइतबार आफ्नो भूमिका प्रस्ट रूपमा प्रस्तुत गरिएको थियो ।

युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयेनले आफ्नो विज्ञप्तिमा भनेका छन्, “युक्रेनलाई आफ्नै भाग्य चुन्ने स्वतन्त्रता र पूर्ण सार्वभौम अधिकार छ । उनीहरूले युरोपेली मार्ग रोजेका छन् र कुनै पनि शान्ति योजनामा युरोपेली सङ्घको ‘केन्द्रीयता’ स्पष्ट रूपमा प्रतिबिम्बित हुनैपर्दछ ।”

त्यहीक्रममा बेलायतका प्रधानमन्त्री किर स्टार्मर र राष्ट्रपति ट्रम्पबीच भएको टेलिफोन संवादपछि डाउनिङ स्ट्रिटले दुवै नेताले ‘न्यायपूर्ण र दिगो शान्ति ल्याउन यो महत्त्वपूर्ण क्षणमा सबै पक्षले घनिष्ठ सहकार्य गर्नुपर्ने’ कुरामा सहमति जनाएको जनाएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending