वासिङ्टन । न्युयोर्क सहरका मेयर–निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गरेका छन्। भेट समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि ममदानीले राष्ट्रपति ट्रम्पप्रतिको आफूले विगतमा गरेको कडा टिप्पणी फिर्ता लिन अस्वीकार गरेक छन् ।
शनिबार एनबिसी न्युजको मिट द प्रेस कार्यक्रममा सहभागी हुँदै मेयर–निर्वाचित ममदानीले आफू अझै पनि ट्रम्पलाई ‘फासीवादी’ र ‘तानाशाह’ मान्ने दाबी दोहो¥याए । यद्यपि उनले शुक्रबारको संवादलाई ‘फलदायी र सद्भावपूर्ण’ भएको भन्दै दुवैबीच सहरका किफायती चुनौती तथा नागरिक जीवनसँग सम्बन्धित गम्भीर विषयमा गहन छलफल भएको बताए ।
भेटका क्रममा राष्ट्रपति ट्रम्पले पनि सहृदय रवैया अपनाउँदै पत्रकारहरूलाई ममदानीबारे ‘मै उत्साहित छु’ भन्ने टिप्पणी गरेका थिए । ममदानीका अनुसार वार्ताको केन्द्रविन्दु न्युयोर्क सहरका जनतामाथि परेको अत्यधिक जीवनयापन लागत र त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकतामा केन्द्रित थियो ।
ट्रम्पप्रतिको आफ्नो अघिल्लो आरोपप्रति पुनः धारणा राख्दै ममदानीले भने, “मैले विगतमा भनेका सबै कुरामा म दृढ छु ।” असहमतिले जिम्मेवारीका कामहरू रोकिनु नहुने बताउँदै उनले भने, “म ओभल अफिसमा विवाद झिक्न वा प्रदर्शन गर्न गएको होइन, म न्युयोर्कवासीहरूका लागि परिणाम ल्याउन गइरहेको हुँ ।”
ममदानीका अनुसार उनले प्रयोग गरेको विवादास्पद विशेषणलाई राष्ट्रपति ट्रम्पले पनि हल्का हाँसोका साथ लिएका थिए । आफूले ट्रम्पलाई ‘फासीवादी’ भनेका विषयमा पुनः सोधिँदा ममदानीले ‘मैले पहिले नै बोलेको छु’ भन्नासाथ राष्ट्रपति ट्रम्पले हस्तक्षेप गर्दै ‘ठीक छ, तपाईं केवल ‘हो’ भन्न सक्नुहुन्छ, मलाई आपत्ति छैन’ भन्दै हात थपथपाएका थिए ।
अभियानका क्रममा ममदानीले ट्रम्पलाई भोट दिएका भए पनि बढ्दो जीवनयापन खर्चलाई आफ्नो प्रमुख चिन्ताको रूपमा व्यक्त गरेका क्विन्स र ब्रोन्क्सका मतदातासँग बारम्बार भेट गरेको स्मरण गरे । उनका अनुसार यही समस्याको समाधानलाई नै आफूले आफ्नो मेयर कार्यकालको शीर्ष प्राथमिकतामा राख्नेछु भनेर राष्ट्रपतिको समक्ष स्पष्ट गरेका थिए ।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनदेखि नै लागत घटाउने प्रतिबद्धता जनाइसक्नुभएकाले ममदानीले यस विषयलाई लिएर दुवैबीच व्यावहारिक सहकार्यको वातावरण बन्नसक्ने विश्वास व्यक्त गरे । उनले ‘जनताको सधैँ सताउने वास्तविक मुद्दा’ मा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।
भेटमा न्युयोर्कमा नेसनल गार्ड तैनाथ गर्नेबारे ट्रम्पको अघिल्लो चेतावनी पनि उठाइएको थियो । राष्ट्रपति यस विषयमा पूर्ण रूपमा पछि हटछन् कि हुन्न भन्ने खुलेर भने नसके पनि ममदानीले एनवाइपिडी सार्वजनिक सुरक्षामा पर्याप्त सक्षम रहेको विश्वास आफूले व्यक्त गरेको बताए । भेटपछि राष्ट्रपति ट्रम्पले पनि पत्रकारहरूलाई ‘यदि आवश्यक प¥यो भने मात्र सेना पठाइनेछ’ भनेका थिए ।
चुनावअघिका दिनमा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत ममदानीलाई ‘कम्युनिस्ट पागल’ सम्म भनेका थिए र उनी मेयर बनेमा सङ्घीय कोष कटौती गर्नेसम्मका चेतावनी दिएका थिए । ट्रम्पले ममदानीका प्रतिस्पर्धी—न्युयोर्कका पूर्व गभर्नर एन्ड्र्यु कुओमो—लाई खुला समर्थन गरेका थिए । डेमोक्रेटिक प्राइमरीमा ममदानीसँग हारेपछि स्वतन्त्र उम्मेदवार बनेका कुओमो अन्ततः पराजित भएका थिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: