Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

सबै दल एकजुट भई चुनावमा लागे मात्रै राजनीतिक स्थिरता: प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न भएको अस्थिर राजनीतिक अवस्थाबाट बाहिर निस्कन चुनाव नै प्रभावकारी उपाय भएको बताएका छन् । 

प्रचण्ड अनुसार, वर्तमान सत्ता–प्रशासनिक व्यवस्थाप्रति नागरिकको विश्वास घट्दै गएको परिस्थितिमा जनताबाट नयाँ जनादेश लिनु अपरिहार्य बनेको छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ स्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार नै जोखिममा परेको टिप्पणी गरे । उनले त्यसको पुनःस्थापना र राजनीतिक दिशानिर्देशनका लागि अर्को विकल्प नभएकाले निर्धारित समयमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए ।

प्रचण्डका अनुसार, निर्वाचनलाई सफल बनाउन राष्ट्रिय राजनीतिक एकता आवश्यक छ । “कम्युनिष्ट घटक मात्र होइन, नेपाली कांग्रेससहितका सम्पूर्ण राजनीतिक शक्तिहरू एकजुट भएर चुनाव सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,” उनले भने । दाहालले परिस्थितिले मागेमा फागुन २१ गतेको समयसीमा चुक्ने सम्भावना रहेको उल्लेख गर्दै आगामी वैशाखदेखि जेठको पहिलो सातासम्म कुनै पनि अवस्थामा ताजा जनादेशमा जानुपर्नेसमेत बताए ।

देशले लामो समयदेखि राजनीतिक अनिश्चितता झेलेर विकास र शासन व्यवस्थामा असर परेको उल्लेख गर्दै उनले थपे, “अस्थिरतालाई निकास दिएर देशलाई नयाँ गतिमा अघि बढाउन आवश्यक छ । जनताले विश्वास गर्ने स्थिर सरकार निर्माणका लागि चुनाव नै माध्यम हो ।”

प्रचण्डका अनुसार, मुख्य राजनीतिक दलहरूले आन्तरिक तयारी सुरु गरिसकेकाले निर्वाचनप्रति उत्साहपूर्ण वातावरण बन्दै गएको छ । नेपाली कांग्रेसलगायतका दलहरू सक्रिय तयारीमा लागिसकेको बताउँदै उनले नेकपा (एमाले) पनि सहभागी हुनेप्रति विश्वास व्यक्त गरे ।

“सबै शक्ति एकजुट भएर चुनावमा लाग्नुपर्छ, यसैमा सबैको भलो छ,” संयोजक प्रचण्डले जोड दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending