कैलाली । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता डा. भीम रावलले जनअधिकारको रक्षा, राष्ट्रिय स्वाधीनता सुदृढीकरण र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउने लक्ष्यसहित पार्टी अग्रमोर्चामा रहेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले मङ्सिर १२ गते हुने सन्देश सभा सम्बन्धी तयारीबारे जानकारी दिंदै देशमा उत्पन्न विषम राजनीतिक तथा आर्थिक सङ्कटबाट बाहिर निस्कन सबै देशभक्त शक्तिहरू एकताबद्ध हुन आवश्यक रहेको बताए ।
उनका अनुसार यही आवश्यकता बोध गर्दै विभिन्न विचारधारात्मक धारहरू एउटै मोर्चामा आउन थालेका छन् । रावलले पार्टी एकीकरणको सन्देश देशव्यापी रूपमा जनसमक्ष पुर्याउने उद्देश्यसहित सन्देश सभा आयोजना गर्न लागिएको बताए । “पार्टी एकताको संदेश सुदूरपश्चिमबाट सुरु भएर क्रमशः देशका सबै भूभागमा फैलिनेछ,” उनले भने ।
सन्देश सभाको समग्र व्यवस्थापनका लागि डा. रावलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको र समितिले सभाका लागि आवश्यक सबै तयारी तीव्र गतिमा अघि बढाएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
प्रदेशस्तरीय एकता सन्देश सभा सम्पन्न भएपछि मङ्सिर महिनाभित्रै सुदूरपश्चिमका सबै जिल्ला, पालिका र वडास्तरमा समेत सन्देश कार्यक्रमको श्रृंखला सञ्चालन गर्ने योजना रहेको समेत पार्टीले जनाएको छ ।
सन्देश सभामार्फत पार्टीले जनस्तरमा संगठन विस्तारसँगै एकताको राजनैतिक धारणा स्पष्ट रूपमा प्रवाह गर्ने र आगामी राजनीतिक यात्राको दिशाबारे व्यापक छलफल गर्ने तयारी रहेको पनि नेताहरूले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: