काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उल्लेखनीय रूपमा बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष श्रम स्वीकृति लिने संख्या १५ प्रतिशतले वृद्धि भएको हो ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको चार महिनामा दुई लाख ८३ हजार ६१० जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरेका छन् । गत वर्ष सोही अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष मात्र श्रम स्वीकृति लिनेको संख्या गत आवको तुलनामा ४२ हजार २७ ले धेरै भएको विभागले जनाएको छ ।
चार महिनामध्ये सबैभन्दा धेरै कात्तिकमा श्रम स्वीकृति लिइएको छ । यो महिनामा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको कात्तिकमा रहेको ७० हजार ९९० भन्दा उच्च हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार श्रम गन्तव्य राष्ट्रबाट माग बढ्न थालेसँगै श्रम स्वीकृति लिनेहरूको संख्या वृद्धि भएको हो । साथै करार रद्द भई स्वदेश फर्किएका श्रमिकले पनि देशमा अवसर नदेखिएपछि नयाँ श्रम स्वीकृति लिएर पुनः विदेशिने प्रवृत्ति बढेको हुँदा समग्र संख्या उकालो लागेको बताइएको छ । वैश्विक आर्थिक मन्दीका कारण श्रम बजार सङ्कुचन भए पनि विदेश जानेको संख्या भने बढिरहेको देखिन्छ ।
विभागका अनुसार चालु आवको साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए ।
कात्तिक महिनामा श्रम स्वीकृति लिने ७३ हजार ९४ जनामध्ये सबैभन्दा धेरै १५ हजार ७६९ जना साउदी अरब जाने श्रमिक छन् । सामान्यतया पहिलो श्रम गन्तव्य रहेको संयुक्त अरब इमिरेट्स (युएई) कात्तिकमा तेस्रो स्थानमा झरेको हो ।
नेपालमा भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि युएईले श्रमिक भिसामा कडाइ गरेसँगै यो देशको माग घटेको विभागले जनाएको छ । कात्तिकमा युएईका लागि १३ हजार ३९९, कतारका लागि १३ हजार ७३२ र मलेसियाका लागि ९ हजार ८७२ जनाले श्रम स्वीकृति लिएका छन् ।
नेपालका श्रमिकले पछिल्ला महिनामा १०६ देशका लागि श्रम स्वीकृति लिएका विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीका अनुसार युएईले कडाइ बढाएपछि कात्तिकमा मागमा कमी देखिएको र मंसिरमा यसको प्रभाव झनै स्पष्ट रूपमा देखिने अनुमान गरिएको छ । पछिल्ला महिनामा युएईबाट नयाँ माग आउन छोडेको पनि उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: