महाेत्तरी । निर्वाचन आयोगले मंसिर ५ गतेसम्मका लागि तय गरेको म्यादभित्र महोत्तरीमा राष्ट्रिय परिचयपत्र नम्बरमार्फत १८ हजार ४२६ नयाँ मतदाता सूचीकृत भएका छन्।
त्यस्तै, जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर नाम दर्ता गराउनेको संख्या ६ हजार ८२८ रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।
कात्तिक १६ गतेसम्म महोत्तरीमा कुल मतदाता संख्या ४ लाख ५ हजार ५ सय ४ रहेकोमा नयाँ मतदाता थपिएसँगै अहिले जिल्लाको कुल मतदाता संख्या४ लाख ३० हजार ७ सय ५८ पुगेको छ। अन्य जिल्लाबाट महोत्तरीका नागरिकले नाम दर्ता गराएको तथा महोत्तरीमै पनि अन्य जिल्लाका नागरिकले नाम दर्ता गराएका कारण आगामी दिनमा मतदाता संख्या अझै बढ्न सक्ने निर्वाचन कार्यालयले जनाएको छ।
यता, महोत्तरीमा निर्वाचन तयारी निर्वाध रूपमा अघि बढिरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्। उनका अनुसार जिल्लाभित्रका मतदान केन्द्र तथा मतदान स्थलहरूको वर्गीकरण र पुनरावलोकन कार्य सम्पन्न भइसकेको छ।
अब सुरक्षा योजना तयार गर्ने प्रक्रिया सुरु भएको उनले बताए। साथै, राजनीतिक दलहरूसँगको समन्वय र सहयोग पनि सन्तोषजनक रूपमा भइरहेको उनले उल्लेख गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: