Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

निर्वाचन सुरक्षाकाे लागि ३२७ नयाँ सवारी खरिद हुने

खबरडबली संवाददाता

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना र नयाँ सवारीसाधन व्यवस्थापनको प्रक्रिया तीव्र बनेको छ । 

हालैको जेन–जी आन्दोलनका कारण ध्वस्त भएका संरचना र सवारी साधनले सुरक्षामा चुनौती बढाएपछि गृह मन्त्रालयले आपतकालीन आवश्यकता पहिचान गर्दै बजेट निकासालाई प्राथमिकतामा राखेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको पहलपछि तीनै सुरक्षा निकायका लागि ३२७ वटा सवारीसाधन खरिद गर्न अर्थ मन्त्रालयले अनुमति दिएको छ । यो प्रक्रियाले सुरक्षा निकायलाई निर्वाचन–पूर्व आवश्यक गतिशीलता र उपस्थितिमा सहयोग गर्ने अपेक्षा लिइएको छ ।

नेपाल प्रहरीका लागि ८० करोड ४१ लाख बराबरका सवारी खरिद हुने भएकाे छ । गृह मन्त्रालयको तथ्यांकअनुसार नेपाल प्रहरीले यस आर्थिक वर्षमा ८० करोड ४१ लाख रुपैयाँ बराबरका १५६ वटा नियमित र १०६ वटा अतिरिक्त सवारीसाधन खरिद गर्नेछ । जसमा ७५ पिकअप भ्यान, १ प्रिजनर सवारी, २८ कार्यालय प्रयोजनका सवारी, ४१ विद्युतीय सवारी, १० एस्कर्ट पिकअप छन् ।

खरिद अनुमति असोज २४ गते नै प्राप्त भइसकेको छ । यता 
सशस्त्र प्रहरीमा उद्धारदेखि दंगानियन्त्रणसम्मका सवारी छन् । जसमा सशस्त्र प्रहरीका लागि ५९ वटा सवारी खरिदका लागि २१ करोड ६ लाख रुपैयाँ निकासा भएको छ । जसमा ३ विपत् उद्धारका सवारी,  ५० बोलेरो पिकअप, ३ दंगानियन्त्रण ट्रक, २ एम्बुलेन्स छन् । 

नेपाल प्रहरीजस्तै सशस्त्र प्रहरीले पनि यस वर्षभित्र थप ५० सवारी खरीद गर्न ५ करोड ६ लाख थप स्रोत सहमति पाएको छ । राष्ट्रिय अनुसन्धान विभागले चारपांग्रे सवारी खरिद गर्ने भएकाे छ । राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा चारपांग्रे सवारी खरिद गर्न २ करोड ८० लाख रुपैयाँ स्वीकृत भएको छ । पूर्वाधार पुनःस्थापनाः ४६५ मध्ये ४४९ प्रहरी संरचना मर्मत हुनेछन् । 

जेन–जी प्रदर्शनका दौरान सुरक्षा संरचनामा व्यापक क्षति पुगेको थियो । गृह मन्त्रालयका अनुसार ४६५ प्रहरी कार्यालय क्षतिग्रस्त, ५७१ सवारीसाधनमा क्षति पुगेका थिए । तीमध्ये ४४९ कार्यालय मर्मत भई सञ्चालनमा आइसकेका छन् । बाँकी १६ कार्यालयको मर्मत जारी छ ।

सशस्त्र प्रहरीका ८४ कार्यालयमा क्षति पुगेको थियो, ६१ सवारी पूर्णरूपले जलेका थिए । राष्ट्रिय अनुसन्धान विभागका २ भवन, ३ जिल्ला कार्यालय र ४१ सवारीसाधनमा क्षति पुगेको छ, जसको अनुमानित मूल्य ८ करोड ९० लाख रुपैयाँ छ ।

गृह मन्त्रालयले सुरक्षा पूर्वाधारलाई “चुनावपूर्व पूर्ण क्षमतामा पुनःस्थापित गर्ने” लक्ष्य अघि सार्दै सवारी खरिद र मर्मत प्रक्रियालाई द्रुत गतिमा अघि बढाइएको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending