Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मधेश प्रदेशमा ललितकला कार्यशाला सम्पन्न

खबरडबली संवाददाता

धनुषा । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशव्यापी रूपमा सुरु गरेको कला गतिविधि यतिबेला मधेस प्रदेश पुगेको छ । मधेस प्रदेशका विभिन्न स्थानमा गएर कलासम्बन्धी कार्यशाला सम्पन्न भएका छन् ।

शनिबार प्रतिष्ठानले ललितकला विषयक अन्तरक्रिया तथा एकदिवसीय भोजपुरी लोककला कार्यशाला सम्पन्न गरेको छ । त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता वीरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो ।

अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज वीरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ‘ललितकला र यसको महत्व’ विषयमा प्रस्तुति दिए ।

उनले प्रतिष्ठानको उद्देश्य, गतिविधि र योजनाका विषयमा जानकारी गराउँदै प्रतिष्ठानले देशभरि गरेका चित्रकला, मूर्तिकला, लोककला, शिल्पहस्तकला, परम्परागत कला, वास्तुकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत कलाका विविध पक्षको पहिचानसँगै संरक्षण, प्रवर्द्धन र विकास गर्ने लक्ष्यका साथ गतिविधि गरेको कुरा बताए ।

सो अवसरमा वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले भोजपुरी लोककलाको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय समुदाय, पालिका, सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारको समन्वयमा कार्य गरिनुपर्ने धारणा राखे ।

प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले भोजपुरी लोककलाको उन्नतिका लागि प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको बताइन् । प्रतिष्ठानका प्राज्ञसभा सदस्य अजमत अलि अन्सारीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले भोजपुरी लोककलाको विकासमा सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, वीरगञ्ज भोजपुरी प्रतिष्ठानका अध्यक्ष अनिता साह, नेपाल कमर्सियल सङ्घ वीरगञ्जका सचिव रामनरेश चौरासिया, वीरगञ्ज सङ्गीत कला परिषद्का उपाध्यक्ष शाविर हुसैनलगायतको उपस्थिति थियो । कार्यशालामा नयाँ तथा पुराना पुस्ताका ३० जना कलाकारको सहभागिता थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending