तनहुँ । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पोखरा–जामुने (पश्चिम) खण्डमा तीव्र गतिमा भइरहेको कालोपत्र कार्यसँगै यात्रा सहज र सुरक्षित बन्दै गएको छ ।
३८ किलोमिटर लामो यस खण्डमध्ये ३७ किलोमिटर एकतर्फी कालोपत्र सम्पन्न भइसकेपछि दैनिक यात्रु, व्यापारी तथा एम्बुलेन्स आवागमन सहज भएको स्थानीयले बताएका छन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले भने, “धेरै भागमा कालोपत्र सकिएकोले यात्रा धेरै सहज भएको छ । ”
इञ्जिनियर सहनशीला कायस्थका अनुसार विस्तार कार्यले तीव्र गति लिएको छ । उनका अनुसार समग्र भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ । हालसम्म २९.६१ किमि चार लेन र ७.७९ किमि दुई लेन कालोपत्रे कार्य पूरा भएको छ । जसमध्ये १८.८ किमि दुई लेन सडकमा दोस्रो तह (अल्फाट) कालोपत्र सम्पन्न भएको छ । सर्भिस लेनको ३.०४ किमि कालोपत्र र चालु आर्थिक वर्षमै १४ किमि कालोपत्रे कार्य पूरा भएको छ । यस अवधिमा २ वटा कल्भर्ट निर्माण भएका छन् भने कूल १०५ कल्भर्ट सम्पन्न भइसकेका छन् ।
पश्चिम खण्डअन्तर्गत लक्ष्यबमोजिम १२ मध्ये ११ पुल निर्माण सकिएका छन् । पोखराको सेती नदीमा निर्माणाधीन पुलमा ५१।६१ प्रतिशत भौतिक प्रगति भएको इञ्जिनियर टोलीले जनाएको छ । सो पुलमा आवश्यक ४ वटा पाइलक्याप र १२० वटा पाइल निर्माण भइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: