Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त

खबरडबली संवाददाता

किएभ । युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा अत्यन्तै संवेदनशील र कठोर सर्तहरू समावेश गरिएका छन् । प्रस्तावमा किएभलाई रूसी नियन्त्रणमा रहेका केही भूभाग हस्तान्तरण गर्नुपर्ने र आफ्नो सेनाको आकारलाई आधाभन्दा बढी कटौती गर्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त विवरणबारे जानकारी राख्ने एक वरिष्ठ अधिकारीले एएफपीसँग बुधबार कुरा गर्दै यस्तो प्रस्ताव युक्रेनले विगतमा बारम्बार अस्वीकार गर्दै आएको रुसका अधिकतम मागहरूसँग मिल्दोजुल्दो रहेको बताए ।

उक्त प्रस्तावित मस्यौदामा ‘क्रिमिया तथा रूसी सेनाद्वारा कब्जा गरिएका अन्य क्षेत्रहरूको मान्यता’ प्रदान गर्नुपर्ने र ‘सेनाको सङ्ख्या चार लाखमा सीमित गर्ने’ व्यवस्था गरिएको स्रोतले बताएको छ । साथै, युक्रेनले किएभका लागि अत्यन्तै संवेदनशील र जोखिमपूर्ण मानिने आफ्ना सबै लामो दूरीका हतियार त्याग्नुपर्ने शर्त पनि समावेश गरिएको छ ।

अधिकारीका अनुसार यो वास्तवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै धारणा हो कि उनको दलको आधिकारिक नीति हो भन्ने विषय भने स्पष्ट छैन । प्रस्तावका बदलामा रुसले के कदम चाल्नेछ भन्ने विषय ‘अस्पष्ट’ रहेको स्रोतले बतायो ।

अमेरिकी सञ्चार माध्यम एक्सियोसले यसअघि वासिङ्टन र मस्कोबीच करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने गोप्य योजना तयार भइरहेको उल्लेख गरेको थियो । सो रिपोर्टबारे क्रेमलिनले हालसम्म कुनै टिप्पणी गर्न अस्वीकार गर्दै शान्ति प्रक्रियामा नयाँ प्रगति नभएको मात्र दोहो¥याएको छ । एएफपीले यस विषयमा ह्वाइट हाउससँग पनि टिप्पणीका लागि सम्पर्क गरेको छ ।

रुसले अहिले युक्रेनको करिब २० प्रतिशत भाग कब्जामा राखेको छ, जसको ठूलो हिस्सा निरन्तरको भीषण युद्धले नष्ट भएको छ । मस्कोले दक्षिणी तथा पूर्वी युक्रेनमा आफ्नो नियन्त्रण कायम राख्नुपर्ने तथा किएभले थप भूभाग हस्तान्तरण गर्नुपर्ने माग निरन्तर दोहो¥याउँदै आएको छ ।

सन् २०२२ मा रुसले डोनेट्स्क, लुगान्स्क, जापोरिझिया र खेरसन गरी चार युक्रेनी क्षेत्र कब्जा गरेको थियो । यद्यपि ती क्षेत्रहरूमा मस्कोको पूर्ण नियन्त्रण छैन । यद्यपि क्रिमियन प्रायद्वीप भने रुसले सन् २०१४ मै आत्मसात् गरी त्यसयतैदेखि पूर्ण नियन्त्रणमा राख्दै आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धलाई युद्ध अन्त्यका लागि उपयोग गर्न खोज्दै आएका छन् । तर अहिलेसम्म कुनै ठोस प्रगति देखिएको छैन । युक्रेन युद्धबारे ट्रम्पको धारणा पनि समयानुसार लगातार परिवर्तन हुँदै आएको विश्लेषकहरूको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE