विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गत संचालित दुग्ध वितरण आयोजना विराटनगर गम्भीर आर्थिक संकटमा परेको छ। लामो समयदेखि दुधको भुक्तानी नपाएपछि किसानहरूले दुध आपूर्ति रोकिदिएपछि आयोजनाका चिस्यान केन्द्रहरू एकपछि अर्को गर्दै बन्द हुन थालेका छन्।
आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरका अनुसार पछिल्ला केही महिनामा इलाम जिल्लाका पुवाखोला, फिक्कल र लक्ष्मीपुर चिस्यान केन्द्र पूर्ण रूपमा बन्द भइसकेका छन्। दशकौँदेखि सञ्चालनमा रहेका यी केन्द्रहरू बन्द हुँदा आयोजनाले ठूलो धक्का बेहोरेको छ। लक्ष्मीपुरबाट मात्र दैनिक १,४०० लिटर तथा पुवाखोला–फिक्कलबाट सरदर १–१ हजार लिटर दुध सङ्कलन हुँदै आएको थियो।
इलामकै शान्तिडाँडा चिस्यान केन्द्रमा पनि दुध सङ्कलन ठप्प छ। बाटो बिग्रिएर केही समय बन्द भएकामा हाल बाटो खुले पनि किसानले दुध दिन नरुचाउने भएकाले सङ्कलन हुन नसकेको मगरले बताए। "चालु रहेको अन्य केन्द्रहरूमा पनि दुध सङ्कलन एक तिहाइले घटेको छ," उनले भने।
हाल विराटनगर आयोजनाअन्तर्गतका ११ मध्ये ७ चिस्यान केन्द्र मात्र सञ्चालनमा छन्।
दुई सय दिनदेखि भुक्तानी ठप्प, १८ करोड बक्यौता
किसानहरूको मुख्य असन्तोष दुध विक्रीबापतको भुक्तानी नपाउनु हो। वैशाख १५ यतादेखिको रकम अझै बाँकी छ। करिब २०० दिनसम्म दुधको पैसा नपाउँदा किसानहरू वैकल्पिक बजारतर्फ मोडिन बाध्य भएका छन्। आयोजनाले किसानलाई झण्डै १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको निमित्त प्रमुख मगरले जानकारी दिए।
उनका अनुसार, "दुध नगदे बाली हो, पैसा ६–७ महिनासम्म नआउँदा किसानको दैनिकी चल्नै नसक्ने अवस्था भयो। त्यसैले उनीहरूले विकल्प रोजे, यसको दोष दिन सकिन्न।"
दैनिक सङ्कलन २ लाख लिटरबाट १२ हजारमा झर्यो
कोभिड महामारीअघि विराटनगर आयोजनाले दैनिक २ लाख लिटरसम्म दुध सङ्कलन गर्थ्यो। तर पछिल्ला वर्षमा यो तथ्याङ्क लगातार गिरावट भयो।
३ वर्षअघि: ५० हजार लिटर
२ वर्षअघि: ४० हजार लिटर
गत वर्ष: २०–२२ हजार लिटर
हाल: १२–१३ हजार लिटर
यो डिडिसी इतिहासकै सबैभन्दा न्यूनतम स्तर मानिएको छ।
निजी डेरी र छुर्पी उद्योग किसानको नयाँ विकल्प
डिडिसीले समयमै पैसा नदिएपछि किसानहरू सहकारीमार्फत निजी डेरी उद्योग र छुर्पी उत्पादन गर्ने उद्योगलाई दुध बेच्न थालेका छन्। पहाडी भेगका किसानले नबिकेको दुधबाट घिउ बनाउने र निजी उद्योगलाई आपूर्ति गर्ने गरेको मगरले बताए। यसले सरकारी आयोजनामा दुधको अभाव झनै बढाएको छ।
खुला दुधको बजार बढ्दै, डिडिसीको बिक्री खुम्चिँदै
बजारतर्फ पनि डिडिसीको अवस्थाले चिन्ता बढाएको छ। विराटनगरमा दैनिक बिक्री २,५००—३,००० लिटरमा सीमित भएको छ। उपभोक्ताबीच ‘खुला दुध’ लोकप्रिय बन्दै गएपछि प्रतिस्पर्धा झनै कडा भएको छ। खुला दुधको मूल्य सस्तो र फ्याट अधिक हुने बताउँदै उपभोक्ताले त्यतैतर्फ झुकाव बढाएका छन्।
डिडिसीका सबै उत्पादन—दुध, दही, पनिर, आइसक्रिमलगायतको कुल बिक्री पनि ३,००० लिटरमा झरेको छ।
किसान पेसाबाटै विमुख हुने खतरा
भुक्तानी नपाउने, बजार खुम्चिनु र वैकल्पिक उद्योगको दबाबसँगै किसान पेसाबाटै विमुख हुनसक्ने जोखिम बढेको सरोकारवालाहरूको आकलन छ। बजार र उत्पादन दुवै ओरालो लागेपछि सरकारी आयोजना ‘अस्तित्व संकट’तिर धकेलिँदै गएको विश्लेषकहरूको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: