सप्तरी। सप्तरी जिल्लामा ११ हजार ६ सय ७७ जना नयाँ मतदाता थपिएको छ । नयाँ मतदाता मध्ये अधिकांश युवा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्याङ्क अनुसार ११ हजार ६ सय ७७ जना नयाँ मतदानमा ६ हजार एक सय ८९ पुरूष र पाँच हजार चार सय ८८ जना महिला रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले गत असोज १० गतेदेखि नयाँ मतदाता नामावली दर्ता गर्न सुरू गरेपछि असोज महिनामा एक हजार आठ सय ६४ जना र कात्तिक ३० गतेसम्म नौ हजार आठ सय १३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका सूचना अधिकृत मालती राईले जानकारी दिएको छन् ।
सप्तरीमा विभिन्न उमेरकाले मतदाता नामावलीमा नाम दर्ता गर्न आए पनि नयाँ पुस्ताका मतदाता आउने गरेको निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले बताए।
उनले भने, ‘‘सुरूमा मतदाता नामावलीमा नाम दर्ता गराउन फाट्टफुट्ट आए पनि पछिल्लो समय आउने सङ्ख्यामा वृद्धि भएकाले कार्यालयमा भिडभाड बढेको छ ।’’
पहिलो चरण असोज मसान्तसम्म र दोस्रो चरण कात्तिक मसान्तसम्म दर्ता गर्ने भनिए पनि समय बढाएर मङ्सिर ५ गतेसम्मका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समय निर्धारण गरिएको छ ।
यसपालि मतदाता नामावलीमा नाम दर्ता गराएर पहिलो पटक मतदान गर्न योग्य भएकोमा गौरव महशुस भइरहेको यसैपाली मतदाता नामावलीमा नाम दर्ता गराएका बैजु यादवले बताए।
उनले भने, ‘‘यसपालि मतदाता नामावलीमा नाम दर्ता गराएकाहरू युवाहरू उत्सुक र खुशी देखिन्छ ।’’
यसअघि जिल्लामा मतदाताको सङ्ख्या चारलाख १८ हजार सात सय ८२ रहेको थियोे । नयाँ मतदाता थपिएपछि अहिले जिल्लाको मतदाता सङ्ख्या चार लाख ३० हजार चार सय ५९ पुगेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: