काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३-२४ का घटनाहरूलाई 'डिप स्टेट' को योजनाबद्ध षड्यन्त्र ठहर गर्दै वर्तमान सरकारको आधारमाथि प्रश्न उठाएका छन् ।
विघटित प्रतिनिधिसभाका एमाले सांसदहरूको बैठकमा बोल्दै उनले यो सरकार 'क्रान्ति' बाट नभई आगजनी र तोडफोडबाट आएको दाबी गरे । ओलीले ती दिनका प्रदर्शनहरूलाई 'फेक जनता' को विध्वंसकारी प्रयास भन्दै प्रहरीको गोलीचालानलाई बाध्यताको उपाय बताए ।
उनले 'नेपो बेबी' अभियानलाई पनि पूर्वयोजनित भनेर प्रधानमन्त्री सुशीला कार्कीलाई नै यसको जिम्मेवार ठहराए । यसैबीच, पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको एउटा अभिव्यक्तिप्रति ओलीले कडा आपत्ति जनाए । पाण्डेले भदौ २३ मा '१९ जनाको हत्या' लाई गलत ठहराउँदै जिम्मेवारी लिनुपर्ने बताएका थिए । ओलीले यसलाई 'पार्टीविरोधी हमला' को संकेत गर्दै भने, "धरहरा कसले बनायो वा गोली कसले चलायो भन्ने थाहा नभई जिम्मा लिनुपर्छ भन्नु किन ? यो हाम्रो नेतृत्वविरुद्धको आक्रमण हो ।"
ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहराउँदै यसको पुनर्स्थापनालाई एकमात्र विकल्प बताए । राष्ट्रिय सम्पत्तिमा आगो लगाएर हुने आन्दोलन 'क्रान्ति' नहुने उनको भनाइ थियो । यसले पार्टीभित्रै बहस चर्काउने संकेत गरेको छ ।
विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले रियल जेनजीहरु त्यसदिन माइतीघरदेखि एभरेष्ट होटलसम्म आएर फर्किएको बताए । उनले फेक जेनजीहरुले भदौ २४ को विध्वंशको योजनाबमोजिम संसद भवनमा आगो लगाउँन खोज्दा प्रहरीले बाध्यात्मक अवस्थामा गोली चलाएको दावी गरे ।
ओलीले नेपो बेबीका नाममा बाल मनोविज्ञानमा आतंक मच्चाएर थालिएको अभियाने योजनाबद्ध रहेको बताए । उनले प्रधानमन्त्री सुशीला कार्की आफैं जेनजी आन्दोलनमा उत्रिएर बिध्वंशको योजना बनाएको आरोप समेत लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: