Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

ट्रम्पद्वारा मदुरोसँग संवादको तयारी, मेक्सिकोभित्र अमेरिकी कारबाही ‘ठीक’ हुने अभिव्यक्ति

खबरडबली संवाददाता

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग प्रत्यक्ष संवाद गर्न तयार रहेको बताउँदै क्यारेबियन क्षेत्रमा वासिङ्टनको तीव्र सैन्य गतिविधिले उत्पन्न भइरहेको तनावका बीच आफूले उचित समयमा वार्ता खोज्ने सङ्केत दिएका छन् ।

साथै उनले मेक्सिकोभित्र लागुऔषधविरुद्धको अमेरिकी आक्रमणबारे सोधिएको प्रश्नमा आक्रमणप्रति आफूलाई कुनै आपत्ति नहुने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले हाल क्यारेबियन क्षेत्रतिर अमेरिकी सेनाको उपस्थिति उल्लेखनीय रूपमा बढाएका छन् । यसलाई उनले भेनेजुएला, मेक्सिको तथा अन्य ल्याटिन अमेरिकी देशहरूमा सक्रिय लागुऔषध तस्करहरूविरुद्धको कारबाहीका लागि आवश्यक कदमका रूपमा प्रस्तुत गरेका छन् ।

पत्रकारहरूले ओवल अफिसमा उनीसँग मदुरोसँग संवाद गर्ने सम्भावनाबारे सोध्दा उनले ‘उचित समयमा, म उहाँसँग कुरा गर्नेछु’ भन्दै मदुरोलाई अमेरिकाको हित विपरीत काम गर्ने व्यक्ति भनेर टिप्पणी गरे ।

भेनेजुएलामा अमेरिकी भूसैनिक प्रवेशलाई अस्वीकार गर्ने कि भन्ने प्रश्नमा ट्रम्पले स्पष्ट रूपमा अस्वीकार नगरी भने, “होइन, म कुनै पनि विकल्प अस्वीकार गर्दिनँ । हामीले भेनेजुएलाको हेरचाह गर्नुपर्छ । उनीहरूले लाखौँ मानिसलाई जेलबाट निकालेर हाम्रो देशतर्फ पठाए ।”

त्यसको केही घण्टापछि राष्ट्रपति मदुरोले आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा संयुक्त राज्य अमेरिकामा ‘भेनेजुएलासँग कुरा गर्न इच्छुक जोसुकैसँग पनि आमनेसामने संवाद गर्न तयार’ रहेको अभिव्यक्ति दिए ।

यसैबीच, अमेरिकी मरीन सैनिकहरूको एउटा टोली हाल ट्रिनिडाड एन्ड टोबागोमा सैन्य अभ्यासमा संलग्न छ । यो एक महिनाभित्र सो क्षेत्रमा भएको दोस्रो सैन्य अभ्यास हो । यो अभ्यास अमेरिकी तथा भेनेजुएलाली तटहरूबाट करिब १० किलोमिटर टाढा सम्पन्न भइरहेको छ ।

तर ट्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री कमला पर्सद–बिसेसरले एएफपीलाई पठाएको ह्वाट्सएप सन्देशमा आफ्नो देशले भेनेजुएलामा कुनै पनि प्रकारको अमेरिकी आक्रमणका लागि आफ्नो भूभाग उपलब्ध नगराउने र यससम्बन्धी कुनै अनुरोध पनि पाएको नभएको स्पष्ट पारे ।

“ट्रिनिडाड एन्ड टोबागोले भेनेजुएलाका जनतालाई हानि पु¥याउने कुनै पनि कार्यमा भाग लिँदैन”, वासिङ्टन र काराकासले वार्तामार्फत मतभेद समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने ।

भेनेजुएलाले अमेरिकामाथि विमानवाहक युद्धपोत, स्टील्थ जेट र अन्य सैन्य साधनसामग्री प्रयोग गरी शासन परिवर्तनको उद्देश्य राखेको आरोप लगाउँदै आएको छ । वासिङ्टनले भने राष्ट्रपति मदुरोलाई ‘आतङ्कवादी’ लागुऔषध कार्टेलको नेतृत्व गरेको आरोप लगाएको छ । उक्त आरोपलाई मदुरोले कडा रूपमा अस्वीकार गर्दै आएका छन् ।

एएफपीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरयता अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानीमा लागुऔषध बोकेको आरोपमा डुङ्गाहरूमा हवाई आक्रमण गर्दा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । तर संयुक्त राज्य अमेरिकाले करिब २० भन्दा बढी आक्रमणमा मारिएका व्यक्तिहरू वास्तवमा तस्कर नै थिए भन्ने दाबी पुष्टि गर्न विवरण सार्वजनिक गरेको छैन ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोविरुद्ध जारी कडा बयानबाजीलाई निरन्तरता दिँदै ‘लागुऔषध रोक्नका लागि मेक्सिकोमा आक्रमण हुन्छ ? यसमा मलाई आपत्ति छैन । लागुऔषध रोक्न जे गर्नुपर्छ, हामी त्यो गर्नेछौँ’ भनेर टिप्पणी गरे । उनले भने, “मैले अहिले गरिरहेको छु भनेर भनेको होइन, तर यदि गर्नुपर्‍यो भने म गर्वका साथ गर्नेछु । यसरी हामी लाखौँको ज्यान बचाउन सक्छौँ ।”

अगस्टदेखि वासिङ्टनले क्यारेबियन क्षेत्रमा आधा दर्जन युद्धपोतसहित महत्त्वपूर्ण सैन्य उपस्थिति कायम राख्दै अमेरिकाको भूमिमा पुग्ने लक्ष्यका साथ गरिने लागुऔषध तस्करीविरुद्ध आधिकारिक रूपमा कडा अभियान चलाइरहेको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE