काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवाहरु नै छुट्टाछुट्टै दल दर्तामा लाग्नुले आन्दोलनको मूल उद्देश्य कमजोर बन्दै गएको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै मन्त्री पुनले जेनजी नेतृत्वका समूहहरूबीच देखिएको फुट र सानातिना कारणले पनि एकता टूटेर दल दर्ताको होडबाजी चल्नु देशकै लागि घातक हुने टिप्पणी गरे।
उनको भनाइमा, जेन–जी आन्दोलनले परिवर्तनको आशा देखाएको भए पनि नेतृत्वकर्ताहरूको व्यवहारले आन्दोलनकै आधार कमजोर बन्दै गएको छ। उनले लेखे, “१२३ दल दर्ता भइसके र ३२ दर्ता प्रक्रिया भइरहेको छ। यिनै जेन–जीहरू आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन्।”
पुनले यस्तै अवस्था जारी रह्यो भने देश फेरि पुरानै राजनीतिक दल र नेताहरूको कब्जामा फर्कने चेतावनीसमेत दिए।
उनका अनुसार जेन–जी आन्दोलन सफल नहुने खतरा बढेको छ र अहिलेको सरकारले गर्दै आएको सकारात्मक कामहरू पनि पुरानै भ्रष्ट र अवसरवादी दलहरू पुनः सत्तामा आएपछि उल्टिन सक्नेछन्।
निर्वाचन आयोगका जानकारीअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दल दर्ता प्रक्रियामा छन्। दर्ताका प्रक्रियामा रहेका केही दल जेन–जी आन्दोलनका नेतृत्वकर्ताहरूद्वारा स्थापित गरिएको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: