काठमाडौं । जेन–जी आन्दोलनले थपिएको आगलागीको प्रभाव अहिले आर्थिक मूल्यांकनभन्दा पनि राष्ट्रको प्रमुख प्रशासनिक केन्द्रको सुरक्षा, संरचना र निरन्तरता मा ठूलो प्रश्न खडा भएको छ ।
गत भदौ २४ गते जलेको सिंहदरबारको मूल भवन केवल भौतिक रूपमा मात्रै होइन, नेपालको शासन व्यवस्था सञ्चालनको ऐतिहासिक संरचनै प्रभावित बनेको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग र नेपाल इन्जिनियर्स एसोसिएसनको संयुक्त प्रतिवेदन अनुसार भवनमा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति देखिए पनि यति ठूलो क्षतिले सरकारी निर्णय, सुरक्षा तथा प्रशासनिक प्रक्रियामा परेको दीर्घकालीन असरको मूल्यांकन भने अझै गर्न नसकिएको इन्जिनियरहरूको भनाइ छ ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइका कामु आयोजना प्रमुख झपटसिंह विश्वकर्माका अनुसार अग्निकाण्डले भवनको पश्चिमी भाग अत्यधिक क्षतिग्रस्त बनेको छ, जसले सिंहदरबारको उपयोगयोग्यता र संरचनागत सुरक्षा दुवैलाई प्रश्नमा पारेको छ । “मूल भवनभित्र इन्जिनियरले समेत सहज रूपमा छिर्न नसक्ने स्थिति छ,” उनले भने ।
करिब एक सय २० वर्ष पुरानो मूल भवनभित्र रहेको ‘स्टेट हल’ पूर्ण रूपमा जलेर नष्ट भएको छ । राज्यको अतिविशिष्ट पाहुनालाई स्वागत गर्ने यो कक्ष केवल काठ र चित्रकलाबाट सजाइएको कोठा मात्र थिएन—यो नेपालको कूटनीतिक इतिहास बोकेको स्थान थियो ।
विदेशी पाहुनाले दिएको बहुमूल्य उपहारदेखि पुरातात्त्विक कलासम्म सबै सामग्री आगोले नष्ट गरिदिएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।
प्रशासनिक प्रणालीमै धक्का
आगोले फर्निचर, गलैंचा, आइटी प्रणाली, सुरक्षा साधन, टेलिफोन, सिसिटिभी, कम्प्युटर, बत्ती प्रणाली मात्र होइन, सरकारका महत्त्वपूर्ण कागजात र सन्धिसम्झौताका प्रतिलिपिसम्म जलेको अनुमान गरिएको छ ।
विशेष किसिमका काठ र ऐतिहासिक सामग्रीहरू जलेका कारण क्षतिको वास्तविक मूल्यांकन अझै अनुमान गर्नै नसकिने अवस्थामा छ ।
इन्जिनियरहरूले भवनलाई रातो स्टिकर टाँसेर ‘प्रयोगयोग्य छैन’ भन्ने निष्कर्ष दिइसकेका छन् । अब सिंहदरबारको मूल भवन पुनर्निर्माण गर्ने कि नयाँ संरचनाबाट प्रतिस्थापन गर्ने भन्ने विषयमा सरकारी निकायहरू निर्णयमा पुग्न सकेका छैनन् ।
२०७२ को भूकम्पपछि प्रबलीकरण गर्दा पनि करिब एक अर्ब रुपैयाँ खर्चिएको सिंहदरबार फेरि त्यही मोडमा उभिएको छ ।तर यो पटक क्षति सांस्कृतिक, प्रशासनिक र राजनीतिक तीनै तहमा परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: