Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

जी–७ द्वारा युक्रेनलाई तत्काल युद्धविराम गर्न आह्वान गर्दै सुडानमा बढ्दो सङ्कटको चेतावनी

खबरडबली संवाददाता

क्यानाडा । क्यानाडामा भएको बैठकमा जी–७ का विदेश मन्त्रीहरूले युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै सुडानमा बढ्दो संकटको बारेमा चेतावनी दिका छन् ।

संयुक्त विज्ञप्तिमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञहरूले युक्रेनको क्षेत्रीय अखण्डताका लागि समर्थन व्यक्त गरेका छन् । उनीहरुले युद्धविरममा समर्थन जनाउदै तत्काल युद्धविरामको आवश्यकता रहेका बताएका छन् ।

वार्तामा, जी–७ का नेताहरूले रूसको चरम आक्रमणको बिरूद्ध युक्रेनको रक्षाको लागि कोष बढाउन विभिन्न विकल्पहरूमा छलफल गरेको जनाइएको छ । वार्तामा आमन्त्रित युक्रेनका विदेश मन्त्री एन्ड्री सिबिहाले जी–७ ले युक्रेनको युद्ध क्षमता बलियो बनाउँदै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन माथि दबाब बढाउन आवश्यक रहेको बताएका छन् ।

पुटिनलाई अझै पनि आफूले जित्न सक्ने भ्रम रहेको बताउदै सिबिहाले पुटिन र उनको शासनको चरम आक्रमणलाई नियन्त्रण गर्नका लागि सबैले सघाउनु पर्ने बताएका छन् । यस अघि बुधबार क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दले युक्रेनमा साइबर आक्रमण गर्न प्रयोग गरिएको संस्थामाथि नयाँ प्रतिबन्धको घोषणा गरेका थिए।

बेलायतले युक्रेनको ऊर्जा क्षेत्रको मर्मत सम्भारका लागि १३ मिलियन पाउन्ड (१७.१ मिलियन डलर) कोषको घोषणा गरेको छ ।

सुडान हिंसा

संयुक्त जी–७ को विज्ञप्तिले सुडानमा बढ्दो हिंसाको पनि निन्दा गर्दै अफ्रिकी राष्ट्रको सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको द्वन्द्वले ठूलो मानवीय सङ्कट“ निम्त्याएको बताएको छ ।

अप्रिल २०२३ देखि, सुडानको सेना र आरएसएफ बीचको युद्धले दशौं हजारको ज्यान लिनुका साथै लगभग एक करोड २० लाखलाई विस्थापित गरेको जनाइएको छ । आरएसएफले पश्चिमी दारफुरको सेनाको गढ एल–फासेर कब्जा गरेको दुई हप्तापछि जी–७ बैठक भएको हो । त्यसपछि सामूहिक हत्याको खबर बाहिर आएको छ ।

जी–७ ले दुवै पक्षलाई “तनाव कम गर्न, तत्काल स्थायी युद्धविरामका लागि प्रतिबद्ध भई मानवीय सहायताको लागि द्रुत र निर्बाध मार्ग सुनिश्चित गर्न“ आग्रह गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE