काठमाडौँ । वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ ।
अस्पतालको मेडिकल जेनेटिक्स (आनुवंशिक) प्रयोगशालामा श्वासप्रश्वाससम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल आनुवंशिक विभागका प्रमुख डा। निलम ठाकुरले जानकारी दिए।
उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताए। “पहिले ती १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ”, उनले भने, “कुन भाइरसका कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ, धेरै पटक परीक्षण आवश्यक पर्दैन ।”
उनले भाइरसले रोग पत्ता लगाएपछि अस्पतालमा नै उपचार गरिने बताए। यस्तै प्रयोगशालामा मस्तिष्क सङ्क्रमणसम्बन्धी छ वटा भाइरसको पनि एकै पटक परीक्षण सुरु गरिएको विभागका प्रमुख डा। ठाकुरले जानकारी दिए। प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण गरिन्छ ।
विसं २०७३ मा आनुवंशिक(जेनेटिक) रोगको पहिचान र उपचार गर्न स्थापना गरिएको प्रयोगशालामा जनशक्ति तथा उपकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन । जिन (वंश)मा भएको अवस्थाले जन्मिने रोगलाई आनुवंशिक रोग भनिन्छ ।
“सरकारी रुपमा आनुवंशिक रोगको पत्ता लगाउने यही नै प्रयोगशाला छ”, उनले भन, “तर, हामीसँग तीन जना मात्र जनशक्ति भएको र उपकरण पनि पर्याप्त मात्रामा नभएका कारणले दैनिक रोगको परीक्षण गर्न सकिरहेका छैनौं ।”
उनका अनुसार एक दिन बिराएर पालोअनुसार रोगहरुको परीक्षण गर्ने गरिएको छ । अहिले प्रयोगशालामा २५ वटा आनुवंशिक रोगका भाइरसको नियमति परीक्षण गर्ने गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...
मंसिर २० गते, २०८२ - १२:४७
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...
मंसिर २० गते, २०८२ - १२:३३
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...
मंसिर २० गते, २०८२ - १२:१५
काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...
मंसिर २० गते, २०८२ - १२:०३
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...
मंसिर २० गते, २०८२ - ११:४१
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...
मंसिर २० गते, २०८२ - ११:३०
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...




प्रतिकृया लेख्नुहोस्: