काठमाडौं । लेखक गणेशकुमार प्रधानद्वारा लिखित पुस्तक ‘हाम्रो साँघुटार बजार’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ। स्थानीय इतिहास, संस्कृति र समाजको अध्ययनमा आधारित यस कृतिले ओखलढुङ्गाको साँघुटार बजारको उत्पत्ति, विकास र ऐतिहासिक पृष्ठभूमिलाई विस्तृत रूपमा प्रस्तुत गरेको छ।
भुँडिपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकमा साँघुटार बजार स्थापना गर्ने व्यापारी र समाजसेवीहरूको योगदान, मठ–मन्दिर, सरकारी कार्यालय, जात्रा–पर्व लगायतका सम्पदाको खोज र विवरण समावेश गरिएको छ। पुस्तकमा हिमगंगा नदीमा फलामे साँघु थापेपछि सो ठाउँको नाम ‘साँघुटार’ रहन गएको रोचक ऐतिहासिक प्रसङ्ग पनि उल्लेख गरिएको छ।
लेखक प्रधानले ओखलढुङ्गामा जन्मिएर अध्ययन र जागिरे जीवन भारतमा बिताए पनि साहित्य र इतिहास लेखनमा निरन्तर सक्रिय रहँदै आएका छन् । उनले ‘कोलकात्ताः हामी र हाम्रो समाज’, ‘च्याङ्वाको चेतना’ (नाटक), ‘तीन चेली’ (नाटक), र ‘कोलकातामा सृजनाका फूलहरू’ (कविता सङ्ग्रह) लगायत कृतिहरू प्रकाशित गरेका छन्।
त्यस्तै उनले ‘समाजको शरण पर्छु’, ‘मेरो सप्तरङ्गी सपना’ लगायतका कृति तथा स्मारिकाको सम्पादन र ‘च्याङ्गाको चेतना’, ‘लालीगुराँस’ नाटकको निर्देशनसमेत गरेका छन्। प्रधानले कोलकाता सेरोफेरो, प्रहरीको कलम, र प्रभात पत्रिकामा सह–सम्पादकका रूपमा समेत योगदान दिएका छन्।
साँघुटारको स्थानीय इतिहास र पहिचानलाई साहित्यिक दृष्टिले उजागर गर्ने प्रयासका रूपमा यो पुस्तक महत्वपूर्ण योगदानको रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: