Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सन् २०२५ मा विश्व वाइन उत्पादन सामान्य सुधारतर्फ

खबरडबली संवाददाता

पेरिस । गत वर्षको तीव्र मन्दीपछि सन् २०२५ मा विश्वव्यापी वाइन उत्पादन सामान्य सुधारको दिशामा रहेको उद्योगको अन्तर्राष्ट्रिय निकायले बुधबार जानकारी दिएको छ ।

तर, जलवायु परिवर्तन र उपभोक्ताहरूको बदलिँदो उपभोग बानीका कारण उत्पादन हालसालैको औसतभन्दा अझै तल रहिरहने अनुमान गरिएको भाइन र वाइनको अन्तर्राष्ट्रिय सङ्गठन (ओआइभी) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिअनुसार, यस वर्ष विश्वमा करिब २३ करोड २० लाख हेक्टलिटर वाइन उत्पादन हुने सम्भावना छ । यो सन् २०२४ को तुलनामा तीन प्रतिशतले वृद्धि हो । गत वर्षको उत्पादन सन् १९६१ यताकै सबैभन्दा न्यून वार्षिक स्तरमा पुगेको थियो ।

ओआइभीले विश्वका २९ प्रमुख उत्पादक देशहरूबाट प्राप्त तथ्याङ्कका आधारमा यो मूल्याङ्कन गरेको हो । ती देशहरूले विश्व वाइन उत्पादनको करिब ८५ प्रतिशत हिस्सा ओगट्छन् ।

सन् २०२५ को दृष्टिकोणले ‘जलवायु चुनौती र बदलिँदो उपभोग मोडेलका कारण विश्वव्यापी आपूर्तिमा भइरहेको लगातार कमीको पुष्टि गरेको’ ओआइभीले जनाएको छ ।

विश्व वाइन उत्पादनको ६० प्रतिशत हिस्सा ओगट्ने युरोपेली सङ्घ (इयु) ले अहिले पनि ‘उच्च जलवायु परिवर्तनशीलता’ को सामना गरिरहेको छ । फ्रान्स र स्पेनले यस वर्ष उल्लेखनीय रूपमा कम फसल रेकर्ड गरेका छन् भने इटालीले उत्पादनलाई लगभग सामान्य स्तरमा ल्याउन सफल भएको छ । केही मध्य तथा दक्षिणपूर्वी युरोपेली देशहरूले पनि पछिल्ला वर्षको तुलनामा सुधार देखाएका छन् ।

उत्तरी गोलार्धका अन्य क्षेत्रहरूमा संयुक्त राज्य अमेरिकाले सन् २०२४ को स्तरबाट ‘केवल आंशिक पुनरुत्थान’ हासिल गरेको छ ।

दक्षिणी गोलार्धमा भने दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र ब्राजिलजस्ता देशहरूले मध्यम सुधार देखाएका छन् । यी देशहरूको पुनरुत्थानले चिलीमा भएको उल्लेखनीय गिरावटलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ । चिलीमा गर्मीको असामान्य लहर, न्यून वर्षा र पानीको अभावले उत्पादनमा ठूलो असर पारेको थियो ।

यद्यपि जलवायु परिवर्तनका कारण केही उत्पादक देशहरू गम्भीर रूपमा प्रभावित भए पनि समग्र तस्बिर भने पूर्णतः नकारात्मक छैन । ओआइभीका महानिर्देशक जोन बार्करका अनुसार विश्वव्यापी वाइन आपूर्ति अहिलेको कमजोर मागसँग सन्तुलनमा आउँदैछ । यो उद्योगका लागि दीर्घकालीन रूपमा सकारात्मक सङ्केत हो ।

“हामीले यो कहिल्यै बिर्सनु हुँदैन कि ती जलवायु प्रभावहरूबाट व्यक्तिहरू र क्षेत्रहरू प्रत्यक्ष प्रभावित छन्”, बार्करले भने, “तर जब हामीले विश्वव्यापी आपूर्ति र मागको अवस्थालाई समग्र दृष्टिकोणबाट हेर्ने हो भने यो सन्तुलित र सकारात्मक तस्बिर हो—जसले वाइनको निर्यात मूल्य निर्धारणलाई थप मजबुत बनाइरहेको छ ।”

ओआइभीको तथ्याङ्कअनुसार हालैका वर्षहरूमा विश्वव्यापी वाइन खपत लगातार घट्दै गएको छ र गत वर्ष यो खपत छ दशकपछि पहिलो पटक सबैभन्दा न्यून स्तरमा झरेको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending