Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

उदयपुरमा मतदाता नामावली दर्ताका लागि जेन–जी युवाहरू समूहिक निर्वाचन कार्यालय आउन थाले

खबरडबली संवाददाता

उदयपुर । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उदयपुरका जेन–जी युवा पुस्तामा मतदाता नामावलीमा दर्ता गराउने चहलपहल बढ्न थालेको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार हाल गाउँ–गाउँका युवा सामूहिक रूपमा गाडी रिजर्भ गरेरै नामावली दर्ता गर्न कार्यालयमा आउन थालेका छन् ।

निर्वाचन कार्यालयका प्रमुख दीपक दाहालका अनुसार हिजो (सोमबार) मात्र कटारी नगरपालिकाबाट ५३ जना युवाको समूह मतदाता नामावली बनाउन कार्यालय पुगेको थियो । उनले भने, “सबैको नाम दर्ता गरेर पठाइसकिएको छ। भोलि (बुधबार) बेलका नगरपालिकाबाट पनि समूह आउने तयारीमा छन् । कटारीबाट थप समूह आउने जानकारी पनि आएको छ । तर, भीड नियन्त्रणका लागि हामीले समूहगत रूपमा नभई क्रमशः आउन आग्रह गरेका छौँ ।”

उनका अनुसार असोज १० गतेदेखि हालसम्म उदयपुरमा ९९४ पुरुष र ६५३ महिला गरी १,६४७ नयाँ मतदाता थपिएका छन् । दाहालले बताए अनुसार कात्तिक १६ गतेसम्म जिल्लाको कुल मतदाता संख्या दुई लाख ३० हजार ८८७ पुगेको छ । कात्तिक १६ देखि २५ गतेसम्मको विवरण अझै समावेश नभएकाले संख्या अझ बढ्ने उनले जानकारी दिए ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरका मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन सुरु गरेको छ । कार्यालय प्रमुख दाहालका अनुसार हालका १०१ वटा मतदान स्थलमा पाँच वटा नयाँ मतदान स्थल थप्ने प्रस्ताव केन्द्रीय निर्वाचन आयोगमा पठाइएको छ ।

उनका अनुसार त्रियुगा नगरपालिकामा तीन र कटारी नगरपालिकामा दुई मतदान स्थल थप्ने सिफारिस गरिएको छ भने जिल्लाका २६४ वटा मतदान केन्द्र यथावत् राखिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending