Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

दोहा फोरम २०२५ : ‘कार्यमा न्याय, प्रगतिका लागि प्रतिज्ञा’ विषयमा विश्व नेताहरू एकत्रित हुने

खबरडबली संवाददाता

दोहा । कतारको राजधानी दोहामा आगामी डिसेम्बर ६ र ७ मा दोहा फोरमको २३औँ संस्करण आयोजना हुने भएको छ । ‘कार्यमा न्यायः प्रगतिका लागि प्रतिज्ञा’ भन्ने विषयवस्तुमा केन्द्रित यस फोरमले विश्वभरका राष्ट्र प्रमुखहरू, नीति निर्माताहरू, कूटनीतिज्ञहरू र विज्ञहरूलाई एक मञ्चमा ल्याई शान्ति, सुरक्षा, आर्थिक लचिलोपन तथा प्राविधिक रूपान्तरणजस्ता समसामयिक वैश्विक चुनौतीहरूबारे छलफल गराउने बताइएको छ ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको संरक्षणमा आयोजना हुने दोहा फोरम २०२५ ले कूटनीति र बहुपक्षीय सहयोगप्रतिको कतारको दृढ प्रतिबद्धतालाई पुनः पुष्टि गर्नेछ । यस वर्षको फोरमले विश्वलाई न्यायपूर्ण, सन्तुलित र दिगो दिशातर्फ अघि बढाउने उपायहरू खोज्ने लक्ष्य लिएको छ ।

दोहा फोरमका कार्यकारी निर्देशक मुबारक अजलान अल–कुवारीले भने, “विश्व तीव्र रूपले परिवर्तन भइरहेका बेला दोहा फोरम संवाद र कूटनीतिका लागि एक तटस्थ तथा समावेशी मञ्च बनेको छ । विविध दृष्टिकोणहरूलाई एउटै स्थानमा ल्याएर हामी आपसी समझदारी र साझा हितमा आधारित दीर्घकालीन समाधान खोज्ने उद्देश्य राख्छौँ ।”

त्यस्तै फोरमकी महाप्रबन्धक महा अल–कुवारीले भने, “दोहा फोरम २०२५ ले न्यायलाई विश्व संवादको केन्द्रमा राख्दैछ—यो केवल एक आदर्शको रूपमा नभई साझा जिम्मेवारीको रूपमा हो । यहाँ हुने छलफलहरूले सहयोग र ठोस परिणाममा रूपान्तरण हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो ।”

अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क र संस्थाहरूसँगको सहकार्यमा तयार पारिएको यस वर्षको कार्यक्रमले द्वन्द्व रोकथाम, आर्थिक सुधार, ऊर्जा सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) शासन र मिडिया अखण्डताजस्ता मुद्दाहरूमा बहुआयामिक छलफल समेट्नेछ ।

फोरमका प्रमुख सत्रहरूमा अमेरिकी मध्यपूर्व रणनीति, सिरियाको सङ्क्रमण, विश्वव्यापी व्यापार पुनर्विचार, आणविक हतियार नियन्त्रण, स्वास्थ्य वित्तपोषणमा साझेदारी, एआईद्वारा आर्थिक रूपान्तरण, अमेरिका–चीन सम्बन्ध र विश्व सहायतामा देखिएका परिवर्तनलगायत महत्त्वपूर्ण विषय समावेश छन् ।

फोरममा राष्ट्र तथा सरकारका प्रमुखदेखि लिएर विदेशमन्त्रीहरू, अन्तर्राष्ट्रिय संस्थानका नेता र विश्व नीति निर्माणमा प्रभाव पार्ने प्रख्यात विज्ञहरू सम्मिलित हुने अपेक्षा गरिएको छ । यस वर्ष १६० भन्दा बढी देशका करिब पाँच हजार प्रतिनिधिले सहभागिता जनाउने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय संवादका लागि विश्वका अग्रणी मञ्चमध्ये एकको रूपमा स्थापित दोहा फोरमले सहकार्य, जवाफदेहिता र साझा विश्वव्यापी प्रगतिलाई अघि बढाउने कूटनीतिक केन्द्रका रूपमा निरन्तर भूमिका निर्वाह गरिरहेको बताइएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending