काठमाडौं । एमालेमा असन्तुष्ट भई मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध हुने तयारीमा छन्। आइतबार प्रचण्ड निवासमा भएको भेटवार्तामा रावलले पार्टी प्रवेशबारे सकारात्मक संकेत दिएका हुन्।
छलफलका क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए। उनीहरूले रावललाई कम्युनिस्ट आन्दोलन र राष्ट्र दुवै संकटमा परेकाले मिलेर अघि बढ्न आग्रह गरेका थिए।
“कम्युनिस्ट आन्दोलन मात्र होइन, राष्ट्र नै संकटमा छ। यस्तो अवस्थामा तपाईं–हामी मिलेर राष्ट्रलाई निकास दिनुपर्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले बताए। नेपालले पनि विगतमा सँगै काम गरेको अनुभवलाई स्मरण गर्दै पुनः एकताबद्ध भएर अघि बढ्न रावललाई आग्रह गरेका थिए।
रावलले भने एकताको प्रमुख आधार राष्ट्रिय स्वाधीनता हुनुपर्ने स्पष्ट पारे। उनले राष्ट्र, राष्ट्रियता, जनजीविका र विदेशी हस्तक्षेपका विषयलाई मुख्य एजेन्डाका रूपमा अघि सार्नुपर्ने बताए।
“राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा स्पष्ट दिशासहित अघि बढ्नु जरुरी छ,” उनले भने। प्रचण्ड र नेपालले रावलले उठाउँदै आएका विषयलाई पार्टी एकताको खाकामा समेट्ने आश्वासन दिएका छन्। रावलले अब अभियानका सदस्यहरूसँग परामर्श गरी अन्तिम निष्कर्ष निकाल्ने बताएका छन्।
छलफलमा प्रचण्ड र नेपालसहित भानुभक्त जोशी, प्रकाश ज्वाला, शेरबहादुर कुँवर लगायत सुदूरपश्चिमका नेताहरू सहभागी थिए।
यसैबीच, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग पनि नेकपाको एकता सम्भावनाबारे छलफल भइरहेको छ। जसपाले एकता प्रस्ताव अध्ययन र वार्ताका लागि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
कार्यदलमा सहअध्यक्ष रेणु यादव, उपाध्यक्ष रनध्वज कन्दङ्वा र परशुराम बस्नेत, महासचिव मोहमद इस्तियाक राई सदस्य छन्। बाँकी दुई सदस्य पछि थपिने जनाइएको छ।
श्रेष्ठका अनुसार नीति, कार्यक्रम र सिद्धान्तका आधारमा वाम एकता वा ध्रुवीकरण सम्भव छ। उनले भने, “जन–जी आन्दोलनपछि नेपाली राजनीति पुनःसंरचनाको चरणमा छ। यस्तो अवस्थामा नीति र सिद्धान्त मिल्ने दलहरूले एकतामा जानु समयको माग हो।” उनले एकता सम्भव नभए मोर्चा वा चुनावी तालमेलका विकल्प पनि खुला रहेको बताए।
श्रेष्ठका अनुसार जसपा र नेपाली कम्युनिस्ट पार्टीबीच विचार र सिद्धान्तगत धेरै समानता भएकाले एकताको सम्भावना बलियो छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: