Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन तयार, अशोक राई पनि सकारात्मक

खबरडबली संवाददाता

काठमाडौं । एमालेमा असन्तुष्ट भई मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध हुने तयारीमा छन्। आइतबार प्रचण्ड निवासमा भएको भेटवार्तामा रावलले पार्टी प्रवेशबारे सकारात्मक संकेत दिएका हुन्।

छलफलका क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए। उनीहरूले रावललाई कम्युनिस्ट आन्दोलन र राष्ट्र दुवै संकटमा परेकाले मिलेर अघि बढ्न आग्रह गरेका थिए।

“कम्युनिस्ट आन्दोलन मात्र होइन, राष्ट्र नै संकटमा छ। यस्तो अवस्थामा तपाईं–हामी मिलेर राष्ट्रलाई निकास दिनुपर्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले बताए। नेपालले पनि विगतमा सँगै काम गरेको अनुभवलाई स्मरण गर्दै पुनः एकताबद्ध भएर अघि बढ्न रावललाई आग्रह गरेका थिए।

रावलले भने एकताको प्रमुख आधार राष्ट्रिय स्वाधीनता हुनुपर्ने स्पष्ट पारे। उनले राष्ट्र, राष्ट्रियता, जनजीविका र विदेशी हस्तक्षेपका विषयलाई मुख्य एजेन्डाका रूपमा अघि सार्नुपर्ने बताए। 

“राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा स्पष्ट दिशासहित अघि बढ्नु जरुरी छ,” उनले भने। प्रचण्ड र नेपालले रावलले उठाउँदै आएका विषयलाई पार्टी एकताको खाकामा समेट्ने आश्वासन दिएका छन्। रावलले अब अभियानका सदस्यहरूसँग परामर्श गरी अन्तिम निष्कर्ष निकाल्ने बताएका छन्।

छलफलमा प्रचण्ड र नेपालसहित भानुभक्त जोशी, प्रकाश ज्वाला, शेरबहादुर कुँवर लगायत सुदूरपश्चिमका नेताहरू सहभागी थिए।

यसैबीच, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग पनि नेकपाको एकता सम्भावनाबारे छलफल भइरहेको छ। जसपाले एकता प्रस्ताव अध्ययन र वार्ताका लागि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ। 

कार्यदलमा सहअध्यक्ष रेणु यादव, उपाध्यक्ष रनध्वज कन्दङ्वा र परशुराम बस्नेत, महासचिव मोहमद इस्तियाक राई सदस्य छन्। बाँकी दुई सदस्य पछि थपिने जनाइएको छ।

श्रेष्ठका अनुसार नीति, कार्यक्रम र सिद्धान्तका आधारमा वाम एकता वा ध्रुवीकरण सम्भव छ। उनले भने, “जन–जी आन्दोलनपछि नेपाली राजनीति पुनःसंरचनाको चरणमा छ। यस्तो अवस्थामा नीति र सिद्धान्त मिल्ने दलहरूले एकतामा जानु समयको माग हो।” उनले एकता सम्भव नभए मोर्चा वा चुनावी तालमेलका विकल्प पनि खुला रहेको बताए।

श्रेष्ठका अनुसार जसपा र नेपाली कम्युनिस्ट पार्टीबीच विचार र सिद्धान्तगत धेरै समानता भएकाले एकताको सम्भावना बलियो छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE