Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नेपाली कम्युनिस्ट पार्टीमा माओवादी र एकीकृत समाजवादीबिच ५५ र ४५ को भागबन्डा

६०१ सदस्यीय कार्यकारी समिति बनाइने, दुई दलको भागबन्डाभित्र अन्य दललाई मिलाइने

खबरडबली संवाददाता

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले ६०१ सदस्यीय कार्यकारी समिति बनाउने गरी निर्वाचन आयोगमा विधान बुझाएको छ । आयोगमा बुझाइएको विधानलाई अन्तरिम भनिएको छ । आइतबार डेढ सयहाराहारी नाम मात्रै निर्वाचन आयोगमा बुझाइएको छ । 

माओवादी र एकीकृत समाजवादीका स्थायी समितिसम्मका र अन्य दलका केही शीर्ष नेताहरूको नाम समेटेर कागजात निर्वाचन आयोगमा बुझाइएको हो । त्यसमा ३३ प्रतिशत महिला, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकमा कोटा पुग्ने गरी सदस्य थपेर आयोगमा नामावली बुझाएको नेताहरूले बताएका छन् । सदस्यहरूको टुंगो मंगलबारसम्म लाग्ने नेताहरू बताउँछन् ।

कार्यकारी समितिमा माओवादीलाई ५५ र एकीकृत समाजवादीलाई ४५ प्रतिशत भागबन्डा गरिने प्रारम्भिक समझदारी भएको छ । ‘हामीले दल दर्ता प्रयोजनका लागि थोरै नाम मात्र आयोगमा बुझाएका छौँ । पर्सिसम्म नाम टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ । प्रमाणपत्र दिने वेलासम्म नाम थप्न पाइन्छ,’ नेकपा नेतृ दिलु पन्तले भनिन्, ‘माओवादी र एकीकृत समाजवादीबिच ५५ र ४५ को अनुपातमा कमिटीमा रहने समझदारी छ ।’ त्यसैभित्रबाट अन्य दललाई मिलाइने नेताहरूले बताएका छन् ।

 मुख्यतः साबिक माओवादीबाट वर्षमान पुन, देव गुरुङ, मुक्ति प्रधान, साबिक एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, रामकुमार भट्टराई, श्रीनाथ बराल, दिलु पन्तलगायत नेतालाई दर्ताको जिम्मेवारी दिइएको छ । साबिकका अन्य पार्टीबाट शीर्र्ष नेताहरू नै खटिएका छन् । एक हप्ताभित्र कमिटीले पूर्णता पाउने नेताहरूको दाबी छ ।

गत बुधबार १० वाम मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो । एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल छन् । अन्य पार्टी, समूह र व्यक्तिसँग पनि छलफल जारी रहेकाले कमिटीलाई पूर्णता दिन समय लाग्ने नेताहरू दाबी गर्छन् । नेताहरूका अनुसार केन्द्रीय सदस्यहरूलाई हस्ताक्षर गराउने क्रम जारी छ । एकता अभियानमा सहभागी नभएका जनार्दन शर्मा र घनश्याम भुसालनिकट नेताहरूलाई फकाउने क्रम पनि जारी छ । 

नेकपा नेता वर्षमान पुनले ६०१ सदस्यीय कार्यकारी समिति रहने बताए । ‘६०१ सदस्यीय कार्यकारी समिति रहन्छ । हामीले आयोगको फम्र्याटमा केही नामसहित कागजात बुझाएका छौँ । केही दिनमै बाँकी नाम बुझाउँछौँ,’ उनले भने ।नेपाली कम्युनिस्ट पार्टीआबद्ध दलका प्रतिनिधिले विधान, माइन्युट, नयाँ पार्टीको घोषणापत्र, विधानलगायत कागजात बुझाएको नेता राजेन्द्र पाण्डेले बताए । ‘हामीले गत बुधबार नै आयोगमा निवदेन दिइसकेका थियौँ । आइतबार साबिक दलका दस्ताबेजसहित नेपाली कम्युनिस्ट पार्टीका कागजात बुझायौँ,’ उनले भने । पाण्डेका अनुसार प्रारम्भिक नामावली बुझाइएको छ । नेताहरूका अनुसार थप नामावली केही दिनमा बुझाउने तयारी छ ।

आयोगपरिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै पुनले नेपाली कम्युनिस्ट पार्टी आगामी निर्वाचनपछि देशकै ठुलो पार्टी बन्ने दाबी गरे । आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरिएको उनले बताए । ‘हामी यसपटक जेन–जीका माग र जनताको चाहना सम्बोधन गर्दै अघि बढ्नेछौँ । नयाँ पुस्ता र युवाहरूको विश्वास जित्दै सबैभन्दा धेरै सिट लिने गरी तयारी गर्दै छौँ । हामी लार्जेस्ट पार्टी हुन्छौँ,’ पुनले भने ।

जनार्दन शर्मा र घनश्याम भुसाल पनि कम्युनिस्ट आन्दोलनको मूलधारमा फर्किने उनले दाबी गरे । ‘रेल छुटेको हो, तर विभिन्न स्टेसनमा रोक्दै नयाँ प्यासेन्जर चढाउँदै जाने हो । अर्को स्टेसनमा उहाँहरू आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending