Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

नेपाली कम्युनिस्ट पार्टीमा माओवादी र एकीकृत समाजवादीबिच ५५ र ४५ को भागबन्डा

६०१ सदस्यीय कार्यकारी समिति बनाइने, दुई दलको भागबन्डाभित्र अन्य दललाई मिलाइने

खबरडबली संवाददाता

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले ६०१ सदस्यीय कार्यकारी समिति बनाउने गरी निर्वाचन आयोगमा विधान बुझाएको छ । आयोगमा बुझाइएको विधानलाई अन्तरिम भनिएको छ । आइतबार डेढ सयहाराहारी नाम मात्रै निर्वाचन आयोगमा बुझाइएको छ । 

माओवादी र एकीकृत समाजवादीका स्थायी समितिसम्मका र अन्य दलका केही शीर्ष नेताहरूको नाम समेटेर कागजात निर्वाचन आयोगमा बुझाइएको हो । त्यसमा ३३ प्रतिशत महिला, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकमा कोटा पुग्ने गरी सदस्य थपेर आयोगमा नामावली बुझाएको नेताहरूले बताएका छन् । सदस्यहरूको टुंगो मंगलबारसम्म लाग्ने नेताहरू बताउँछन् ।

कार्यकारी समितिमा माओवादीलाई ५५ र एकीकृत समाजवादीलाई ४५ प्रतिशत भागबन्डा गरिने प्रारम्भिक समझदारी भएको छ । ‘हामीले दल दर्ता प्रयोजनका लागि थोरै नाम मात्र आयोगमा बुझाएका छौँ । पर्सिसम्म नाम टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ । प्रमाणपत्र दिने वेलासम्म नाम थप्न पाइन्छ,’ नेकपा नेतृ दिलु पन्तले भनिन्, ‘माओवादी र एकीकृत समाजवादीबिच ५५ र ४५ को अनुपातमा कमिटीमा रहने समझदारी छ ।’ त्यसैभित्रबाट अन्य दललाई मिलाइने नेताहरूले बताएका छन् ।

 मुख्यतः साबिक माओवादीबाट वर्षमान पुन, देव गुरुङ, मुक्ति प्रधान, साबिक एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, रामकुमार भट्टराई, श्रीनाथ बराल, दिलु पन्तलगायत नेतालाई दर्ताको जिम्मेवारी दिइएको छ । साबिकका अन्य पार्टीबाट शीर्र्ष नेताहरू नै खटिएका छन् । एक हप्ताभित्र कमिटीले पूर्णता पाउने नेताहरूको दाबी छ ।

गत बुधबार १० वाम मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो । एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल छन् । अन्य पार्टी, समूह र व्यक्तिसँग पनि छलफल जारी रहेकाले कमिटीलाई पूर्णता दिन समय लाग्ने नेताहरू दाबी गर्छन् । नेताहरूका अनुसार केन्द्रीय सदस्यहरूलाई हस्ताक्षर गराउने क्रम जारी छ । एकता अभियानमा सहभागी नभएका जनार्दन शर्मा र घनश्याम भुसालनिकट नेताहरूलाई फकाउने क्रम पनि जारी छ । 

नेकपा नेता वर्षमान पुनले ६०१ सदस्यीय कार्यकारी समिति रहने बताए । ‘६०१ सदस्यीय कार्यकारी समिति रहन्छ । हामीले आयोगको फम्र्याटमा केही नामसहित कागजात बुझाएका छौँ । केही दिनमै बाँकी नाम बुझाउँछौँ,’ उनले भने ।नेपाली कम्युनिस्ट पार्टीआबद्ध दलका प्रतिनिधिले विधान, माइन्युट, नयाँ पार्टीको घोषणापत्र, विधानलगायत कागजात बुझाएको नेता राजेन्द्र पाण्डेले बताए । ‘हामीले गत बुधबार नै आयोगमा निवदेन दिइसकेका थियौँ । आइतबार साबिक दलका दस्ताबेजसहित नेपाली कम्युनिस्ट पार्टीका कागजात बुझायौँ,’ उनले भने । पाण्डेका अनुसार प्रारम्भिक नामावली बुझाइएको छ । नेताहरूका अनुसार थप नामावली केही दिनमा बुझाउने तयारी छ ।

आयोगपरिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै पुनले नेपाली कम्युनिस्ट पार्टी आगामी निर्वाचनपछि देशकै ठुलो पार्टी बन्ने दाबी गरे । आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरिएको उनले बताए । ‘हामी यसपटक जेन–जीका माग र जनताको चाहना सम्बोधन गर्दै अघि बढ्नेछौँ । नयाँ पुस्ता र युवाहरूको विश्वास जित्दै सबैभन्दा धेरै सिट लिने गरी तयारी गर्दै छौँ । हामी लार्जेस्ट पार्टी हुन्छौँ,’ पुनले भने ।

जनार्दन शर्मा र घनश्याम भुसाल पनि कम्युनिस्ट आन्दोलनको मूलधारमा फर्किने उनले दाबी गरे । ‘रेल छुटेको हो, तर विभिन्न स्टेसनमा रोक्दै नयाँ प्यासेन्जर चढाउँदै जाने हो । अर्को स्टेसनमा उहाँहरू आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending