काठमाडौं । नेकपामा नजाने निर्णय गरेका घनश्याम भूसाल पक्षका नेताहरूले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आइतबार निर्वाचन आयोगमा दर्ता निवेदन दिँदै राजकुमार कक्षपतिलाई संयोजक र नन्दलाल बन्जाडेलाई सह–संयोजक राखिएको छ । दलको नाम “नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)” प्रस्ताव गरिएको आयोग स्रोतले जनाएको छ ।
दलको चुनाव चिन्ह ‘सूर्यमुखी फूल’ रहने प्रस्ताव गरिएको छ । आयोगमा हाल कागजात रुजु प्रक्रिया चलिरहेको छ ।
भूसाल पक्षले दर्ता निवेदनसँगै २३ सदस्यीय केन्द्रीय समिति पनि आयोगमा बुझाएको छ । तीमध्ये केही प्रमुख सदस्य यस प्रकार छन् ।
सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्द बहादुर रोका (प्युठान), नरेश प्रसाद न्यौपाने (अछाम), प्रकाश श्रेष्ठ (धादिङ), लोककृष्ण दाहाल (भक्तपुर), समीर गौतम (गुल्मी), नविन कुमार कक्षपति (प्युठान), एन्जिस राज प्रसाईं (काठमाडौं), मिरा श्रेष्ठ (रुपन्देही), लक्ष्मी गिरी (प्युठान), नारद उपाध्याय (कालिकोट), अर्जुन कुमार अधिकारी (दाङ), विमल नेपाली (दाङ), प्रचण्डमान श्रेष्ठ (तनहुँ), सुकुन्दरी श्रेष्ठ (प्युठान), प्रेम बहादुर तारामी (सुर्खेत), ठगेन्द्र बहादुर रसाइली (झापा), जानुका श्रेष्ठ (महोत्तरी), रेशा दुलाल (ललितपुर), सविता तामाङ (काठमाडौं) र लक्ष्मी देवी शर्मा (रुपन्देही)।
नयाँ दलको दर्ता प्रक्रिया टुंगिएपछि घनश्याम भूसालले औपचारिक घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: