Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

‘अग्निशिखा’को लोकार्पण र परिचर्चा : आत्मालोचनाको परम्परा पुनर्जीवित गर्ने वैचारिक थालनी

खबरडबली संवाददाता

पोखरा । मार्क्सवादी अध्ययन स्रोत केन्द्र, पोखराले आयोजना गरेको वैचारिक तथा राजनीतिक पुस्तक ‘अग्निशिखा’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम पोखरा स्थित सहिद विजय ढकाल स्मृति प्रतिष्ठानअन्तर्गत घनश्याम ढकाल स्मृति हलमा सम्पन्न भयो।

कार्यक्रमको प्रमुख उद्देश्य पुस्तकको विमोचन मात्र नभई, नेपाली क्रान्तिकारी आन्दोलनभित्र आलोचना र आत्म–आलोचनाको सहि परम्परा पुनःस्थापित गर्नुपर्ने वैचारिक बहसलाई केन्द्रमा ल्याउनु थियो।

पुस्तकका लेखक झलकपाणि तिवारी द्वारा प्रस्तुत ‘अग्निशिखा’ लाई सहभागी वक्ताहरूले वैचारिक अनुशासन, आत्मपरिक्षण र वर्गीय स्थिरताको सशक्त दस्तावेजको रूपमा मूल्याङ्कन गरे।  

“आलोचनाको चेत बलियो, आत्मालोचनाको चेत कमजोर” — प्रा.डा. लेखनाथ भट्टराई

कार्यक्रमका प्रमुख परिचर्चाकार प्रा.डा. लेखनाथ भट्टराईले पुस्तकका लेखकहरूमा मार्क्सवादी चेत उच्च रहेको तर आत्मालोचनाको चेत अझै कमजोर रहेको टिप्पणी गरे।
उनले भने, “हाम्रो आन्दोलनमा विचारको स्पष्टता छ, तर आत्म–परिवर्तनको अभ्यासमा कमजोरी छ। यो पुस्तकले त्यो चेत जगाएको छ।”

“सामन्तवादी संस्कृतिको जरो अझै उखेलिएको छैन” — गुरु शेषमणि आचार्य

गुरु शेषमणि आचार्यले क्रान्तिकारी आन्दोलनभित्रै सामन्तवादी विचार र संस्कृतिको गहिरो प्रभाव रहेको औंल्याउँदै प्रश्न गरे  “के हाम्रा नेताहरूले आफ्नै टाउकोमा तातोपानी खन्याउन सक्ने साहस राख्छन्?” उनका अनुसार आत्मालोचना भनेको संगठनभित्र आत्मसंघर्ष हो, र त्यस बिना क्रान्तिकारी चेत स्थायी हुन सक्दैन।

अन्य वक्ताहरूका धारणा

पूर्वमन्त्री त्रिलोचन ढकालले क्रान्तिकारी कम्युनिस्ट पार्टी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमा आधारित हुनैपर्ने औंल्याए।  अग्रज कोमलनाथ बरालले क्रान्तिकारीहरूमा पठन–संस्कृति कमजोर हुँदै गएको चिन्ता व्यक्त गरे।

केशबहादुर परियारले दश वर्षे जनयुद्धको नेतृत्वमा वर्गीय विचलन देखिएको बताए भने, राजकाजी गुरुङले “संसदलाई सबैथोक ठान्ने दक्षिणपन्थी संसोधनवाद र जड सूत्रीय दृष्टिकोण” नै आन्दोलनको प्रमुख अवरोध भएको टिप्पणी गरे।

आत्मालोचनाको परम्परा तोड्नेहरू सामन्ती प्रभावका वाहक

कार्यक्रमपछि प्रस्तुत समिक्षात्मक धारणा अनुसार,  नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा आलोचना र आत्म–आलोचनाको सहि परम्परा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट प्रारम्भ भएको हो। तर पछि, पहाडीया सामन्ती परिवारका केही पात्रहरूले यो परम्परा तोडफोड गरे।

उनीहरूले आत्म–आलोचनाको गहिराइ बुझ्न नसकी, गालीगलौज र व्यक्तिगत आक्रोशलाई नै “आलोचना” ठाने। लेखमा भनिएको छ  “तीन दशकअघि आफूलाई महान देखाउन ‘गद्दार पुष्पलाल’ भन्न सक्नेहरू नै क्रान्तिकारी ठानिन्थे, तर वास्तविकतामा पुष्पलालकै राजनीतिक दिशानिर्देशन सहि थियो।”

यो कथनले इतिहासमा बारम्बार दोहोरिने आत्मविरोधको चित्रण गर्छ  । जहाँ क्रान्तिकारी बन्ने नाममा आत्म–समीक्षा हराउँदै गएको पाइन्छ।

‘पुष्पलाल स्कुल’को पुनर्मूल्यांकन र सकारात्मक संकेत

आजको सन्दर्भमा, क्रान्तिकारी कम्युनिस्टहरूले पुष्पलाल स्कुल प्रति नयाँ दृष्टिकोण अपनाएका छन्।  तीसको दशकमा गरिएको गलत मूल्यांकन सच्याउँदै, उनीहरूले आत्म–आलोचनाको स्प्रिट पुनः अंगाल्ने प्रयास गरेका छन्।

यसै कारण समिक्षकको निष्कर्ष  के छ भने “‘अग्निशिखा’ पुस्तकको लोकार्पण र परिचर्चा कार्यक्रमले क्रान्तिकारी चेतनाको नयाँ अध्याय सुरु गरेको छ। आत्म–आलोचनाको परम्पराको पुनर्जीवन नै यस पुस्तकको मूल उपलब्धि हो।”

के भन्छन् लेखक झलकपाणि तिवारी र पुस्तक ‘अग्निशिखा’बारे

झलकपाणि तिवारी मार्क्सवादी अध्ययन स्रोत केन्द्र, पोखरासँग सम्बद्ध वैचारिक कार्यकर्ता हुन् । उनको लेखन मुख्यतः मार्क्सवादी सिद्धान्त, वर्ग संघर्ष, सामाजिक रूपान्तरण र आत्म–आलोचनाको संस्कृति मा केन्द्रित छ।

पुस्तक ‘अग्निशिखा’ मा १२ वटा वैचारिक र राजनीतिक निबन्ध समावेश छन् । जसमा सामाजिक द्वन्द्व, नेपाली कम्युनिस्ट आन्दोलनका विचलनहरू, पार्टीभित्रको सत्ता–संघर्ष, र वैचारिक पुनर्जागरणको आवश्यकता विषयमा विस्तृत बहस गरिएको छ।

पुस्तकको शीर्षक ‘अग्निशिखा’ प्रतीकात्मक रूपमा विचारको ज्वाला हो । जसले पुरानो धुम्मिएको चेतनामा पुनः प्रकाश फैलाउने संकेत गर्छ।

समिक्षकहरूका अनुसार, “‘अग्निशिखा’ केवल पुस्तक होइन, एक वैचारिक हस्तक्षेप हो  । जसले कम्युनिस्ट आन्दोलनलाई आत्म–समीक्षाको दिशामा फर्काउने संकेत दिएको छ।”

पोखराको घनश्याम ढकाल स्मृति हलमा सम्पन्न ‘अग्निशिखा’ लोकार्पण तथा परिचर्चा कार्यक्रम केवल विमोचन समारोह मात्र होइन, नेपाली क्रान्तिकारी विचारमा आत्मालोचनाको परम्परा पुनःस्थापित गर्ने ऐतिहासिक क्षण पनि हो।

यो कार्यक्रम र पुस्तक दुवै, “क्रान्तिकारी बन्ने साहस आत्म–समीक्षाबाट सुरु हुन्छ” भन्ने सन्देश बोकेर आएका छन्  जसले भविष्यमा मार्क्सवादी बहस र वैचारिक परिपक्वतामा नयाँ गति दिने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: