Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

विहारकाे चुनावले तीन दिनका लागि नेपाल–भारत सीमा नाका बन्द

खबरडबली संवाददाता

सर्लाही । सर्लाही, महोत्तरी, रौतहटलगायतका जिल्लामा पर्ने नेपाल–भारत सीमा नाका तीन दिनका लागि पूर्ण रूपमा बन्द हुने भएका छन् । 

भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै शान्ति–सुरक्षाको दृष्टिले दुवै देशका प्रशासनबीचको सहमति अनुसार सीमा नाका ‘सिल’ गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार कात्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि बन्द गरिने सीमा नाका कात्तिक २५ गते साँझ ६ बजेपछि मात्रै पुनः खोलिनेछ । यस अवधिमा आकस्मिक सेवाबाहेक सबै प्रकारका सवारीसाधन, मानिस र सामानको आवागमन पूर्णरूपमा रोक लगाइनेछ ।

कडरियाले भने, “भारतमा निर्वाचनका क्रममा कुनै अप्रिय घटना वा गैरकानुनी गतिविधि हुन नदिन नेपाल–भारत दुवै देशका सुरक्षाकर्मी सतर्क भएका छन् । स्थानीय प्रशासनबीच समन्वय गरी नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) का जवानलाई परिचालन गरिएको छ ।”

नेपाल–भारतबीचको खुला सीमा भएका कारण निर्वाचनका बेला अवैध गतिविधि, अवैध मदिरा, पैसाको चलखेल र राजनीतिक प्रभावका घटना रोक्न सीमा सिल गर्ने चलन दुवै देशमा प्रचलित छ । नेपालमा निर्वाचन हुँदा पनि भारतीय पक्षले यस्तै कदम चाल्ने गरेको प्रशासन स्रोतले जनाएको छ ।

सर्लाही, हरिवन, मलंगवा, हरिपुर, रौतहटको गौर, महोत्तरीको जलेश्वर, र लोहडिनियालगायतका प्रमुख नाकाहरूमा यस अवधिमा आवतजावत पूर्णरूपमा बन्द हुनेछ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाइएको छ भने नाका नजिक बसोबास गर्ने स्थानीय बासिन्दालाई अनावश्यक रूपमा सीमा नजिक नजान प्रशासनले अनुरोध गरेको छ ।

सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी नारायणप्रसाद भट्टराईले सीमामा निगरानी कडा बनाइएको जानकारी दिए । उनका अनुसार, “सीमा सिल अवधिमा कुनै पनि तस्करी, अवैध व्यापार वा राजनीतिक दुरुपयोग हुन नदिनका लागि सुरक्षाकर्मीले २४ घण्टा निगरानी राख्नेछन् ।”

यसअघि पनि भारतको लोकसभा र विधानसभा निर्वाचनका समयमा नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिँदै आएको छ । निर्वाचन सकिएपछि स्थिति सामान्य भएसँगै नाका नियमित रूपमा सञ्चालनमा ल्याइने परिपाटी रहेको छ ।

स्थानीयवासीले भने सीमाबन्दीका कारण दैनिकी केही प्रभावित हुने बताउँदै सुरक्षा संयन्त्रको निर्णयलाई समर्थन जनाएका छन् । मलंगवाका व्यापारी राजु साह भन्छन्, “तीन दिन व्यापार ठप्प हुन्छ, तर शान्तिपूर्ण निर्वाचनका लागि यस्तो सहयोग गर्नु ठीक हो ।”

नेपाल–भारतबीचको सीमा क्षेत्रमा हरेक वर्ष विभिन्न समयमा सुरक्षा कारणले अस्थायी रूपमा नाका बन्द गर्ने गरिएको छ । यसपालि पनि भारतको निर्वाचनलाई दृष्टिगत गर्दै नेपालतर्फको प्रशासनले उच्च सतर्कता अपनाएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending