रौतहट । रौतहट प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट भागेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार कर्तव्य ज्यान मुद्दाका कैदी चन्द्रपुर–१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा १९ गते पक्राउ गरी पुनः कारागार कार्यालय गौरमा बुझाइएको हो।
त्यस्तै, सोही आन्दोलनकै क्रममा फरार जबरजस्ती करणी मुद्दाका थुनुवा देवाही गोनाही–६ का सुधीरकुमार राम १९ गते स्वेच्छाले कारागार कार्यालय गौरमा उपस्थित भएका छन्।
गरुडा नगरपालिका–५ शिवनगरका ३५ वर्षीय अभयकुमार प्रसाद साहले माधवनारायण–१ का प्रयाग महतोसँग आठ लाख रुपैयाँ सापटी लिएर दिएको चेक बाउन्स भएपछि फरार रहेका थिए। उनलाई १८ गते पक्राउ गरिएको छ।
त्यस्तै, बौधीमाई नगरपालिका–१ अजगैबिका ३० वर्षीय किशोरी प्रसाद यादवले परोहा–७ का पवनकुमार यादवसँग १ लाख ७५ हजार रुपैयाँ सापटी लिएर दिएको चेक बाउन्स भएपछि १८ गते पक्राउ परेका छन्।
रौतहट जिल्ला अदालतको २०६१ सालको फैसलाअनुसार १ वर्ष १ महिना १५ दिन कैद र १ लाख ५४ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भएका राजदेवी नगरपालिका–८ का दिनेश कुमार चौधरी कलवारलाई १५ गते पक्राउ गरी अदालतमा पेश गरिएको छ।
गरुडा नगरपालिका–६ का राजकिशोर यादवले गत साउन ३० गते शम्भु माझीलाई कुटपिट गरी घाइते पारेको घटनामा संलग्न रहेकामा उनलाई १७ गते पक्राउ गरिएको छ। वृन्दावन नगरपालिका–३ का ४० वर्षीय युगल किशोर यादवले साउन १५ गते प्रेमशंकर यादवमाथि फलामको रड प्रहार गरी घाइते पारेको अभियोगमा १७ गते पक्राउ गरिएको छ।
त्यस्तै, माधवनारायण–४ का रामअज्ञा मुखियाले आफ्नै गाउँमा रामएकवाल मुखियामाथि धारिलो खुर्पीले आक्रमण गरी घाइते पारेको घटनामा संलग्न रहेकाले उनलाई १९ गते पक्राउ गरिएको प्रहरीको भनाइ छ । वृन्दावन नगरपालिका–८ बहुअरीका ३० वर्षीय नईमुद्दिन दर्जीले मनोज प्रसाद यादवको घरमा आगजनी गरी खाद्यान्न नष्ट गरेको अभियोगमा १७ गते पक्राउ गरिएको छ।
गत जेठ १४ गते बिहान गरुडा–६ पोठियाहीमा मर्निङ वाकमा रहेका धिरज कुमार राममाथि हतियार देखाई मोबाइल लुटपाट गर्ने घटना घटाएका ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ईशनाथ नगरपालिका–७ का जादोलाल साहलाई अदालतको फैसलाअनुसार एक महिनाको कैद सजाय भएपछि १९ गते पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रुद्र कँडेलका अनुसार पक्राउ परेका सबैमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: