काठमाडौं। नवनिर्मित ‘जेन–जी एलायन्स’ (Gen-Z Alliance) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको ठूलो भ्रष्टाचार, सेटिङ र तस्करी प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गरेको छ।
तीन दिनअघि दर्ता गरिएको उजुरीमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी, र व्यवसायी सुवास श्रेष्ठमाथि कारबाहीको माग गरिएको छ। उजुरीमा उनीहरूले सार्वजनिक पदको दुरुपयोग गरी राष्ट्रलाई गम्भीर हानि–नोक्सानी पुर्याएको आरोप लगाइएको छ।
कफी सप र सटर कब्जाको आरोप
उजुरीका अनुसार व्यवसायी सुवास श्रेष्ठले २०६९ सालदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको लबीमा रहेको स्टेरिलाइज्ड जोनभित्र कफी सप र आन्तरिक विमानस्थलतर्फका सटरहरू बिना प्रतिस्पर्धा कब्जा गरी सञ्चालन गर्दै आएका छन्।
उक्त सटरहरूमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र महानिर्देशक अधिकारीको मिलेबटनबाट गैरकानुनी कारोबार हुने, तस्करीका सामान आदान–प्रदान हुने, र मासिक आम्दानी बाँडफाँट हुने उजुरीमा दाबी गरिएको छ।
विदेशी मुद्रा तस्करीको आरोप
उजुरीमा सुवास श्रेष्ठले महानिर्देशक अधिकारीको सहयोगमा विदेशी मुद्रा तस्करी गर्ने कार्यमा संलग्न भएको, साथै २०७६ चैतमा विदेश जाने क्रममा अवैध रकमसहित पक्राउ परे पनि राजनीतिक दबाबमा मामला थिचिएको आरोप लगाइएको छ।
पक्राउ परेपछि सिल गरिएको पसल पूर्वप्रधानन्यायाधीश श्रेष्ठको दबाबमा तुरुन्तै पुनः खोलिएको भनिएको छ।
होर्डिङ बोर्ड र ठेक्का कारोबारमा अनियमितता
उजुरीमा सुवास श्रेष्ठको ‘ग्रिनतारा मिडिया ग्रुप मार्केटिङ प्रालि’ नामक कम्पनीले विमानस्थल परिसरमा नौ वर्षदेखि ५० वटा विज्ञापनका होर्डिङ बोर्ड राख्दै आएको उल्लेख छ।
तर सम्झौताअनुसार ‘ब्यूटिफिकेशन’ (सजावट) कार्य नगरी सिर्फ होर्डिङ बोर्डमार्फत वार्षिक लाखौँ रुपैयाँ उठाएको, महानगरपालिकालाई कर नतिरी उच्च अधिकारीहरूलाई मासिक कमिसन बुझाएको दाबी गरिएको छ।
त्यस्तै, श्रेष्ठका छोरा अभिषेक श्रेष्ठलाई पाँच अर्ब रुपैयाँभन्दा बढीका ठेक्का क्यानमार्फत दिलाइएको पनि उजुरीमा उल्लेख छ।
‘सेटिङ’ मिलाउन लुक्ला भ्रमणको आरोप
जेन–जी एलायन्सले उजुरीमा दाबी गरेको छ कि जेन–जी विद्रोहपछि महानिर्देशक अधिकारीले कल्याण श्रेष्ठलाई व्यवसायी सुवास श्रेष्ठसँग ‘सेटिङ’ मिलाउन हेलिकप्टरमार्फत लुक्ला भ्रमण गराएका थिए।
कारबाही र सुधारका माग
‘जेन–जी एलायन्स’का संयोजक प्रतीक्षा प्रतिरोध र सचिव सुमन अधिकारीले संयुक्त रूपमा दर्ता गरेको उजुरीमा अकुत सम्पत्तिको छानबिन र कारबाही गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन माग गरिएको छ।
त्यससँगै, त्रिभुवन विमानस्थलका सबै सटरहरू प्रतिस्पर्धाका आधारमा भाडामा लगाउन, विमानस्थल परिसरमा भइरहेका गैरकानुनी कारोबार र तस्करी तत्काल बन्द गर्न र संबद्ध उच्च अधिकारीहरूलाई कानूनी कारबाहीमा ल्याउन पनि माग गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...




प्रतिकृया लेख्नुहोस्: