Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

रास्वपासँग कुरा नमिलेपछि पार्टी खोल्दै कुलमान

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा छँदा लोडसेडिङ अन्त्यका लागि गरेका कामबाट वाहवाही पाएका कुलमान घिसिङ जेन–जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बने ।

२१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै हाल उनी नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् । वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ भन्दै छलफल चलाइरहेका कुलमान अन्य पक्षसँगको सम्भावित मिलनबिन्दु कठिन हुने संकेत पाएपछि आफैं एकल प्रयासमा पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।

रास्वपासँगको संवाद बीचमै अलपत्र परेपछि कुलमानले छुट्टै दल दर्ता गर्ने तयारी गरेको उनीनिकट स्रोतले पुष्टि गरेको छ । ‘सम्भवतः बल्ब चुनाव चिह्नसहित उज्यालो नेपाल पार्टी नै प्रयोग हुनेछ,’ कुलमाननिकट एक नेताले भने, ‘यो चुनाव चिह्न लिएर जाँदा ब्रान्डिङ गर्नसमेत सजिलो हुने अपेक्षा छ ।’ 

यो दल दर्ताका लागि निर्वाचन आयोगमा गत असोजमै निवेदन परिसकेको छ । कुलमाननिकट स्रोतका अनुसार, दलको नेतृत्वमा आफू नै अगाडि आउने कि सदस्य मात्र रहेर अघि बढ्ने भन्नेमा चाहिँ टुंगो लागिसकेको छैन । ‘ऊर्जा मन्त्रालयको जिम्मेवारीमा पनि हुनुहुन्छ, चुनावको मनोनयन दर्ताअघि मन्त्रीको जिम्मेवारी छाड्ने कि नछाड्ने भन्ने हो,’ स्रोतले भन्यो, ‘यस विषयमा उच्च तहमा समेत छलफल गरेर उहाँले निर्णय लिनुहुन्छ ।’ अहिलेलाई तत्काल मन्त्रालय नछाडी नयाँ पार्टी गठनको प्रक्रियामा अघि बढ्ने पक्षमा कुलमान रहेको स्रोत बताउँछ ।

पछिल्लो समय उनले नयाँ पार्टी गठनका लागि विवेकशील साझा पार्टी पृष्ठभूमिको एक समूह र रक्षा बमको नेतृत्वको नेपाल जेन–जी फ्रन्टसँग समेत संवाद गरिरहेका थिए । तर, उनीहरूले कुलमानको पार्टीको नाम र चुनाव चिह्नमा सहमति जनाएका थिएनन् । एउटा व्यक्तिलाई मात्र केन्द्रित गरेर दल बनाउँदा भविष्यमा कठिन अवस्था आउन सक्ने उनीहरूको बुझाइ थियो । विभिन्न तहमा भएका संवादमा रहेका एक नेताले कुलमान आफ्नो पार्टीको नाम र चिह्नबाट पछि हट्न नमानेको बताए । 

‘अहिले जेन–जी आन्दोलनका कारण परिस्थिति फेरिएको छ, यस्तोमा जेन–जीको नेतृत्वमा सबै समेटिएर जाऊँ भन्ने प्रस्ताव राखिरहेका छौं,’ जेन–जी फ्रन्टका एक नेताले भने, ‘तर, कुलमानजी त्यसमा तयार देखिनु भएन, सबै एक ठाउँमा नहुने हो भने हतार गर्नु आवश्यकता पनि देखेका छैनौं ।’

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे पनि कुलमानसहित सबै पक्षसँग छलफल भइरहेको भए पनि ठोस निर्णय भइनसकेको बताउँछन् । ‘कसले पार्टी खोल्छ, खोल्दैन भन्ने दोस्रो नम्बरको कुरा हो, पहिलो कुरा त अहिलेको अवस्थामा परिचित र नेतृत्वका हकदार जेन–जी साथीहरू हुन्,’ उनले भने, ‘जेन–जी आन्दोलनको म्यान्डेट ख्याल गर्दै सहमति र सहकार्यबाट नेतृत्व तय गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो ।’ वैकल्पिक शक्ति सबै एक ठाउँमा आउनुपर्छ भन्नेमा आफूहरू रहेको भन्दै उनले त्यसमा सबैले केही त्याग गर्नुपर्ने बताए ।

रक्षाको नेतृत्वमा गठित नेपाल जेन–जी फ्रन्टभित्र समेत दल गठनबारे छलफल भइरहेको छ । जेन–जी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने भन्दै घोषणा भएको फ्रन्टलाई राजनीतिक दलमा रूपान्तरण गर्नुपर्ने एक थरी जेन–जी अगुवाको धारणा छ । त्यसमा विवेकशील साझा पार्टी पृष्ठभूमिका नेताहरूले समेत साथ दिइरहेका छन् ।

दल बनाउने पूर्वतयारीस्वरूप हरेक प्रदेश र जिल्लास्तरमा नेतृत्व छनोट गर्ने काम भइरहेको छ । फ्रन्ट सदस्य एवं संगठन प्रमुख युजन राजभण्डारी पहिले २३ भदौको आन्दोलनलाई संस्थागत गर्ने र त्यसपछि राजनीतिक कोर्समा अगाडि बढ्ने तयारीमा आफूहरू रहेको बताउँछन् । ‘केही साथीहरू राजनीतिक रूपमा अघि बढ्नुहोला, कतिपय साथीहरूले नागरिक समाजको भूमिका पनि खेल्नुहोला,’ भण्डारीले भने, ‘सबै विकल्पमा छलफल भइरहेका छन्, अरू पक्षसँग समेत संवाद गरिरहेका छौं ।’ स्रोतका अनुसार, फ्रन्ट दलमा रूपान्तरण हुने अवस्थामा निर्वाचनमा पहिल्यै दर्ता रहेका केही दलको नाम र चुनाव चिह्न परिवर्तन गरेर अघि बढ्न सक्ने सम्भावना छ । रक्षा बमलाई नै नेतृत्वमा ल्याउने, विकल्पमा युजनरसहितका जेन–जीलाई समेत अघि बढाउन सकिने विषयमा छलफल भएका छन् ।

विवेकशीलका नेताहरू र जेन–जी आन्दोलनका अगुवाले बेग्लै तयारी गरेपछि कुलमानले चाहिँ नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टीसँग छलफल गरिरहेका छन् । उनको नजरमा सागर ढकाललगायतका अभियन्ताहरू पनि परेका छन् ।

रास्वपा परित्याग गरेकी नेतृ सुमना श्रेष्ठचाहिँ जेन–जी आन्दोलनको मर्म बोक्ने किसिमको राजनीतिक दल खुल्नुपर्ने बताउँछिन् । ‘चुनावबाट जितेर जेन–जी सदनमा गएनन् भने पुराना दलहरूले जेन–जी आन्दोलनलाई नै अपराधीकरण गर्ने सम्भावना रहन्छ,’ सुमनाले भनिन्, ‘राज्यले यत्रोविघ्न भाइबहिनीहरूलाई मारेको छ, त्यसैले उहाँहरूको माग सम्बोधन गराउन उहाँहरूले नै नेतृत्व गरेर दल खोल्नुपर्छ ।’

सुमनाले विगतमा गतिशील लोकतान्त्रिक पार्टीका नेताहरूसँग समेत पटकपटक छलफल गरेकी थिइन् । तर, समाजशास्त्री दिनेश प्रसाईंको नेतृत्व र बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत सदस्य रहेको पार्टी दर्ता हुने बेला उनी त्यहाँ देखिइनन् । यसपछि सुमना कुलमानसँगको छलफलमा समेत सहभागी थिइन् । तर, विवेकशील पृष्ठभूमिका अन्य नेताहरूजस्तै उनी पनि जेन–जीसहितको पार्टीको पक्षमा देखिएकी छन् । बरु एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिनेसमेत उनले प्रस्ताव गरेकी छन् ।

जेन–जी आन्दोलन अगावैबाट पार्टी गठनको गृहकार्य गरिरहेका कुलमानलाई चाहिँ पछिल्लो समय रास्वपामा प्रवेश गर्ने प्रस्ताव आएको थियो । रास्वपा केन्द्रीय सदस्य पुकार बम नेतृत्वको संवाद समितिलाई उनले रवि लामिछाने अभिभावकीय जिम्मेवारीमा बस्ने हो भने आफू नेतृत्व गर्न तयार रहेको सन्देश दिएका थिए । 

लामिछानेले सभापति पद छाड्ने हो भने काठमाडौंका मेयर बालेन्द्र शाहले समेत समर्थन गर्ने संकेत दिएका थिए । रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा समेत उच्चस्तरीय संवाद समिति बनाएको थियो । लामिछानेले लचिलो हुन सक्ने संकेत दिए पनि उनीनिकटका नेताहरू त्यसका लागि तयार नभएको स्रोतको दाबी छ । त्यसपछि कुलमान बेग्लै दल गठनको निष्कर्षमा पुगेको उनीनिकट स्रोत बताउँछ । 

‘रास्वपाका नेताहरूले प्रस्ताव राख्नु भएपछि उहाँ रोकिनुभएको थियो, नभए पहिल्यै घोषणा गर्ने तयारी थियो,’ स्रोतले भन्यो, ‘अब पनि निर्णय नलिँदा ढिलाइ हुने भएकाले अघि बढ्ने निष्कर्षमा पुगेका छौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: