Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

कम्युनिस्ट एकता लोकतन्त्र र गणतन्त्र सिध्याउने शक्तिका विरुद्ध गरिएको प्रतिवाद हो : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गतेको एकता घोषणासभाले विश्वभर बलियो सन्देश दिएको बताएका छन्। 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले गरेको ‘राष्ट्रियस्तरको बृहत् भर्चुअल प्रशिक्षण’कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रणनीतिक रूपले विचार गरेर कम्युनिष्ट आन्दोलनलाई एकता गर्ने सपनाका साथ १९ गते एकता घोषणासभा भएको बताए। 

उनले भने, “यो वाम एकता लोकतन्त्रवादी शक्तिहरूलाई एक ठाउँमा आउन गरिएको ऐतिहासिक महत्त्वको रणनीतिक पहल र अपिल हो । राजनीतिक दल तथा लोकतन्त्र र गणतन्त्र सिध्याउने शक्तिका विरुद्ध गरिएको प्रतिवाद हो ।”

जेनजी आन्दोलनपश्चात् मुलुकमा उत्पन्न सङ्कट समाधान, संविधान खारेज तथा भयानक अवस्थाबाट बचाउन र राजनीतिक निकासका निम्ति सहजीकरण गर्ने विशेष अवसर प्राप्त भएको जनाउँदै उनले एकता घोषणासभा लोकतान्त्रिक वाम शक्तिहरू एक ठाउँमा आउने ‘बृहत् राष्ट्रिय एकताको आधार’ बन्ने विश्वास व्यक्त गरे । 

निर्वाचनको वातावरण बनाउन, सङ्कटबाट राष्ट्र जोगाउन पहल गर्नुपर्ने जिम्मेवारी नेकपामा आइपुगेकाले यसमा गम्भीर कदम चाल्नुपर्ने संयोजक दाहालको भनाइ थियो ।

उनले भने, “कम्युनिष्ट एकताले जनताको बीचमा भरोसा पैदा गरेको छ । जुन आजको अपरिहार्य आवश्यकता थियो । अब जनसम्बन्ध बढाउन, संविधान र संवैधानिक अधिकार रक्षाका निम्ति प्रगतिशील शक्तिहरूको एकता एवं ध्रुवीकरणको मार्गप्रशस्त भएको छ ।” 

सरकारका गलत क्रियाकलापका कारण जेनजी आन्दोलन हुन गएको उनको टिप्पणी थियो । शिक्षक कर्मचारीहरूका जायज मागहरू पूरा गर्न सरकार, सदन र सडकबाट जोडबल गरिँदा पनि पछिल्लो सरकार त्यसप्रति अनुदार बनेको जिकिर गर्दै उनले सदनमा तागत नपुग्दा शिक्षक कर्मचारीका माग पूरा हुननसकेको धारणा व्यक्त गरे। 

निर्वाचन केन्द्रित हुन र त्यसको माहोल सृजना गर्न पनि उनले शिक्षक कर्मचारीलाई निर्देशन दिए। संयोजक प्रचण्डले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण तयारीका लागि सरकारलाई दत्तचित्त भएर लाग्न आग्रह गरे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending