Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

विधानअनुसार मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन हुन नसके वर्तमान केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले सामूहिक रूपमा राजीनामा दिनुपर्ने माग गरेका छन् । 

नेताहरूले महाधिवेशन समयमै सम्पन्न गर्न नसक्ने स्थिति सिर्जना भए त्यसको सम्पूर्ण राजनीतिक जिम्मेवारी नेतृत्वले मात्र नभई सिङ्गो केन्द्रीय कार्यसमितिले लिनुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा आज आयोजित “कांग्रेस १५औँ महाधिवेशन बृहत् दबाबमूलक भेला” मा सहभागी नेताहरूले पार्टीभित्र सुदृढ लोकतान्त्रिक अभ्यास र पारदर्शी नेतृत्वको आवश्यकता औंल्याउँदै नियमित महाधिवेशन पार्टीको आत्मा भएको टिप्पणी गरे । उनीहरूले विधानले तोकेको समयसीमा नाघ्दै गए कांग्रेस संगठन कमजोर हुँदै जाने चेतावनी पनि दिए ।

भेला कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति तथा पूर्वसांसद दुर्लभ थापाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा महोत्तरी सभापति नागेन्द्र यादव, रौतहट सभापति जितेन्द्र यादव, बागलुङका सभापति जीत शेरचन, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख तथा काठमाडौँ क्षेत्र नं. २ का पूर्वसभापति उपेन्द्र कार्की, वर्तमान क्षेत्रीय सभापति जयकृष्ण महर्जनलगायतका नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्रको पुनःस्थापना र तदर्थ व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरे ।

नेताहरूले भने, “यदि मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन सम्पन्न गर्न नेतृत्व असफल हुन्छ भने, तत्काल केन्द्रीय समिति भङ्ग गरी तदर्थ समिति गठन गरियोस् र त्यसले महाधिवेशन सम्पन्न गर्ने तयारी गरोस् ।” उनीहरूले लामो समयदेखि पार्टीका विभिन्न तहमा नेतृत्व हस्तान्तरण नहुँदा युवापुस्तामा निराशा बढ्दै गएको र त्यसले संगठनलाई निष्क्रिय बनाइरहेको पनि उल्लेख गरे ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पूर्वमहामन्त्री दीपक भट्टराई, नेपाल तरुण दलका केन्द्रीय सदस्य देव लामा, नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यद्वय बद्री अर्याल र दीपक सोनी, कांग्रेस महाधिवेशन प्रतिनिधि गीता गुरुङ, पाटन बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति लाओसकुमार राईलगायतले युवाको नाममा २० वर्षदेखि तीन जना व्यक्तिको मात्र निरन्तर प्रतिनिधित्व भइरहेको प्रवृत्ति अन्त्य गर्नुपर्ने माग गरे । उनीहरूले पार्टीमा आन्तरिक सुधार, नयाँ पुस्तालाई अवसर र संगठनभित्र नीतिगत स्पष्टता आवश्यक रहेको जोड पनि दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending