काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य सुस्त गतिमा अघि बढिरहेको छ । साइट क्लियरको काम समयमा नसकिँदा आयोजनाको समग्र प्रगति आधा पनि पुगेको छैन ।
आयोजनाले अब काम सक्ने म्याद २०८३ असार मसान्तसम्म थप्ने तयारी गरेको छ । आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार पहिलो प्याकेजको म्याद मंसिर १८ र दोस्रोको पुस २४ मा सकिँदै छ । उनले भने, “हामी एसेसमेन्ट गर्दैछौं । ठेकेदारले पाउनुपर्ने थप समयको मूल्याङ्कनपछि असार मसान्तसम्म म्याद बढाउने तयारी छ।”
महतोका अनुसार, ढिलाइको मुख्य कारण आयोजनाको तर्फबाट साइट क्लियरको काम समयमा पूरा नहुनु हो । “हामीले समयमा बिजुलीका पोल सार्न सकिएन, घरटहरा हटाउन ढिलाइ भयो । त्यसैले ठेकेदारलाई दोष दिन मिल्दैन,” उनले स्पष्ट पारे ।
सरकारले सार्वजनिक जग्गामा बनेका घर–टहरा बिनामुआब्जा हटाउने निर्णय गरेपछि स्थानीय विरोधका कारण कार्यमा थप अवरोध भएको छ ।
४० प्रतिशत मात्रै प्रगति सूर्यविनायक–साँगा खण्डमा
१५.८ किलोमिटर लम्बाइको यो सडक दुई खण्डमा विभाजन गरिएको छ । पहिलो सूर्यविनायक–साँगा (७.५ किमि) खण्डको जिम्मा आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभी लाई ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा दिइएको हो । हाल यो खण्डको भौतिक प्रगति ४० प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
५५ प्रतिशत प्रगति साँगा–धुलिखेल खण्डमा
दोस्रो साँगा–धुलिखेल (८.३ किमि) खण्डको ठेक्का लामा कन्स्ट्रक्सन ले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । हालसम्म यस खण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ ।
हालसम्म करिब ९० प्रतिशत साइट क्लियर भए पनि अझै १० प्रतिशत काम बाँकी रहेको आयोजना प्रमुखले बताए । “केही घर–टहरा र बिजुलीका पोलहरू हटाउन बाँकी छन् । स्थानीय अवरोधले पनि काममा ढिलाइ भएको छ,” महतोले भने ।
यात्रु अझै धुलो र हिलोको सास्तीमा
सडक विस्तार सुस्त हुँदा यात्रुहरू दैनिक रूपमा धुलो र हिलोको समस्या भोगिरहेका छन् ।
यो सडक विस्तार सम्पन्न भएपछि काठमाडौं उपत्यकाबाट पूर्वका पहाडी र तराई जिल्लातर्फ, साथै चीनसँगको तातोपानी नाकासम्मको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।
तर हालको ढिलाइका कारण यात्रुहरूलाई अझै केही समय धुलो र हिलोको सास्ती खेप्नुपर्ने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: