Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

काम सुस्त, सास्ती दोब्बर : सूर्यविनायक–धुलिखेल सडक अझै अधुरो

खबरडबली संवाददाता

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य सुस्त गतिमा अघि बढिरहेको छ । साइट क्लियरको काम समयमा नसकिँदा आयोजनाको समग्र प्रगति आधा पनि पुगेको छैन ।

आयोजनाले अब काम सक्ने म्याद २०८३ असार मसान्तसम्म थप्ने तयारी गरेको छ । आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार पहिलो प्याकेजको म्याद मंसिर १८ र दोस्रोको पुस २४ मा सकिँदै छ । उनले भने, “हामी एसेसमेन्ट गर्दैछौं । ठेकेदारले पाउनुपर्ने थप समयको मूल्याङ्कनपछि असार मसान्तसम्म म्याद बढाउने तयारी छ।”

महतोका अनुसार, ढिलाइको मुख्य कारण आयोजनाको तर्फबाट साइट क्लियरको काम समयमा पूरा नहुनु हो । “हामीले समयमा बिजुलीका पोल सार्न सकिएन, घरटहरा हटाउन ढिलाइ भयो । त्यसैले ठेकेदारलाई दोष दिन मिल्दैन,” उनले स्पष्ट पारे ।

सरकारले सार्वजनिक जग्गामा बनेका घर–टहरा बिनामुआब्जा हटाउने निर्णय गरेपछि स्थानीय विरोधका कारण कार्यमा थप अवरोध भएको छ ।

४० प्रतिशत मात्रै प्रगति सूर्यविनायक–साँगा खण्डमा

१५.८ किलोमिटर लम्बाइको यो सडक दुई खण्डमा विभाजन गरिएको छ । पहिलो सूर्यविनायक–साँगा (७.५ किमि) खण्डको जिम्मा आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभी लाई ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा दिइएको हो । हाल यो खण्डको भौतिक प्रगति ४० प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

५५ प्रतिशत प्रगति साँगा–धुलिखेल खण्डमा

दोस्रो साँगा–धुलिखेल (८.३ किमि) खण्डको ठेक्का लामा कन्स्ट्रक्सन ले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । हालसम्म यस खण्डको भौतिक प्रगति ५५ प्रतिशत मात्र छ ।

हालसम्म करिब ९० प्रतिशत साइट क्लियर भए पनि अझै १० प्रतिशत काम बाँकी रहेको आयोजना प्रमुखले बताए । “केही घर–टहरा र बिजुलीका पोलहरू हटाउन बाँकी छन् । स्थानीय अवरोधले पनि काममा ढिलाइ भएको छ,” महतोले भने ।

यात्रु अझै धुलो र हिलोको सास्तीमा

सडक विस्तार सुस्त हुँदा यात्रुहरू दैनिक रूपमा धुलो र हिलोको समस्या भोगिरहेका छन् ।
यो सडक विस्तार सम्पन्न भएपछि काठमाडौं उपत्यकाबाट पूर्वका पहाडी र तराई जिल्लातर्फ, साथै चीनसँगको तातोपानी नाकासम्मको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।

तर हालको ढिलाइका कारण यात्रुहरूलाई अझै केही समय धुलो र हिलोको सास्ती खेप्नुपर्ने देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending