काठमाडौं । जेनजी आन्दोलनका माग र जनताको आकांक्षा सम्बोधन गर्ने प्रतिवद्धतासहित पुराना १० कम्युनिस्ट पार्टी/घटकहरू एकीकृत भई ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा भएको छ ।
एकीकृत पार्टीको संयोजकमा पूर्व माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा पूर्व एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
पार्टीको एकता सभालाई नै राष्ट्रिय सम्मेलनको रुपमा घोषणा गर्दै नवगठित पार्टीले २३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । यसमा जेनजी पुस्ताका मुद्दा, नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता समावेश छ । साथै पार्टीले भ्रष्टाचार, अनियमितता र सुशासन सुधारका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने दाबी पनि गरेको छ ।
पार्टीले सामाजिक–आर्थिक विकासमा कृषि, जलविद्युत, पर्यटन र स्वदेशी उद्योगलाई प्राथमिकता दिने र रोजगारी सिर्जना गर्दै गरिबी अन्त्यमा विशेष पहल गर्ने जनाएको छ। साथै नेतृत्व विकास, आन्तरिक लोकतन्त्र र पारदर्शिता सुनिश्चित गर्दै नेताहरूलाई उत्पादन र श्रममा संलग्न गराउने योजना रहेको बताइएको छ ।
कार्यक्रममा प्रचण्डले एकताको उद्देश्य केवल संगठनका लागि नभई देशका समस्याहरू समाधान गर्ने पनि रहेको बताए । सहसंयोजक नेपालले एकताले पुराना अनुभवको समीक्षा गर्दै सबै घटकलाई समान अवसर दिने आश्वासन दिएका छन् ।
नेता–कार्यकर्ताहरूले जनताको जीवनमा रूपान्तरण ल्याउने अभियानमा सहयोग गर्ने र आफ्नै जीवनशैली, कार्यशैली तथा आचरणमा परिवर्तन गर्ने प्रतिवद्धता दोहोर्याएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १९:०९
यमन । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार यमनका पूर्वी प्रान्तहरू हद्रामौत र अल–मह्राहमा बढ्दो तनावप्रति गम्भीर चासो...
पौष १३ गते, २०८२ - १९:०७
मस्को । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्र...
पौष १३ गते, २०८२ - १९:०५
इस्तानबुल । टर्कीएको प्रमुख शहर इस्तानबुलमा भएको एक गम्भीर सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अन...
पौष १३ गते, २०८२ - १९:०३
बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...
पौष १३ गते, २०८२ - १९:०१
फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर...
पौष १३ गते, २०८२ - १८:५८
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त ग...
पौष १३ गते, २०८२ - १८:५७
काठमाडाैँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध...
पौष १३ गते, २०८२ - १८:५५
कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरी...
पौष १३ गते, २०८२ - १८:५१
वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी...
पौष १३ गते, २०८२ - १८:४८
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन स...




प्रतिकृया लेख्नुहोस्: