पर्वत । उमेरले ७३ वर्ष पार गरे पनि पर्वतको मोदी गाउँपालिका–२, कोरुङ्गाका टीकाराम तिमिल्सिनाको जोश–जाँगर युवापुस्तासँग तुलना गर्न सकिन्छ। बिहानदेखि साँझसम्म उनी मौरीको हेरचाहमै व्यस्त रहन्छन्।
२५ वर्षदेखि व्यावसायिक मौरीपालनमा लागेका तिमिल्सिना जिल्लामा मौरीबाजेको रूपमा परिचित छन्। पहिले उनी जिल्लामा सुन्तला उत्पादनका लागि प्रसिद्ध थिए, तर सुन्तलाका बोट मर्दै गएपछि उनले मौरीपालनतर्फ ध्यान दिए। सुरुमा केही घारबाट सुरु गरिएको यो व्यवसाय अहिले व्यापारिक रूपमा फैलिसकेको छ।
पहाडी भेगमा अनुकूल हुने एपी सेरेना जातको मौरी पाल्दै उनी अहिले वर्षमा करिब २०० किलो मह उत्पादन गर्छन्। मह प्रतिकिलो १,५०० रुपैयाँमा बिक्री हुने गरेको छ। गाउँलेसहित पालिका र जिल्लाका कार्यालयका कर्मचारी उनका नियमित ग्राहक हुन्।
“हाम्रो उत्पादन गुणस्तरीय भएकाले घरमै बिक्री हुन्छ, डुलाउनुपर्ने अवस्था छैन। ग्राहकको मागअनुसार उपलब्ध गराउन कहिलेकाहीँ चुनौती पनि आउँछ,” तिमिल्सिनाले बताए।
उनको बगैँचामा अहिले ३५ घार छन्। तर विगत वर्षको केरुङ्गाको पहिरो र अरिङ्गाल चराको आक्रमणले केही घार नष्ट भए। गत वर्ष ६० घारमध्ये ४० अरिङ्गालले खाएको उनले बताए।
व्यवसायिक मौरीपालक तिमिल्सिनाले वर्षमा करिब १५ लाख रुपैयाँसम्म कमाएका थिए। यद्यपि, जलवायु परिवर्तन, शत्रु जीव र कीराको आक्रमण, बाँझो जग्गा जस्ता कारणले अहिले आम्दानी पहिलेको जस्तो छैन।
उनले उत्पादन गरेको मह काठमाडौं, चितवन, बुटवललगायतका बजारमा पनि ब्राण्ड बनेको छ। कुश्माबजार, बागलुङ र आसपासका व्यावसायी घरमै आएर मह किन्ने गर्छन्। घारको मूल्य प्रतिगोटा १० हजार र मह प्रतिकिलो १,५०० रुपैयाँ रहेको छ।
कृषि अगुवा उमाकान्त शर्माका अनुसार, मौरीपालनमा ठूलो लगानी नगरी पनि उल्लेख्य आम्दानी गर्न सकिन्छ। निरन्तर खेतखेतमा खटिनु नपर्ने हुँदा मौरीपालन किसानको आकर्षण बढिरहेको छ।
आज पर्वतमा देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खु लगायतका ठाउँमा सयभन्दा बढी व्यावसायिक घार उत्पादन गर्दै मह बिक्री भइरहेकाले मौरीपालन बिस्तारै जिल्लामा एक उद्यमी खेतीको मोडल बन्न थालेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १२:०५
काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...
मंसिर २० गते, २०८२ - १२:०२
काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...
मंसिर २० गते, २०८२ - ११:५७
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...
मंसिर २० गते, २०८२ - ११:२८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...
मंसिर २० गते, २०८२ - ११:२०
काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...
मंसिर २० गते, २०८२ - ११:१३
काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...
मंसिर २० गते, २०८२ - ११:११
राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...
मंसिर २० गते, २०८२ - ११:०७
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...
मंसिर २० गते, २०८२ - ११:०३
बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...
मंसिर २० गते, २०८२ - १०:५३
काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...




प्रतिकृया लेख्नुहोस्: