ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशन कहिले गर्ने भन्ने विषयमा महामन्त्री र सहमहामन्त्रीबीच फरक धारणा देखिएको छ । यही कारणले बैठकमा महाधिवेशनको कार्यतालिका सम्बन्धी दुईवटा छुट्टाछुट्टै प्रस्ताव पेस भएका छन् ।
सहमहामन्त्री बद्री पाण्डेका अनुसार महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म गर्ने कार्यतालिका अघि सारेका छन् ।
“महाधिवेशनको कार्यतालिकामा सहमति बन्न सकेको छैन । दुई खालका मतलाई एउटै धारमा ल्याउने प्रयास जारी छ,” पाण्डेले भने । उनका अनुसार पुसमा महाधिवेशन गर्ने प्रस्तावलाई समर्थन गर्नेहरूले यसलाई विशेष महाधिवेशन पक्षधरहरूको माग सम्बोधन गर्ने माध्यमका रूपमा पनि हेरेका छन् ।
महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिकाअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म १५औं केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, सहमहामन्त्री यादवको प्रस्तावअनुसार २०८२ चैत १ गते वडा अधिवेशन सुरु भई क्रमशः चैत ३० गते जिल्ला अधिवेशन, २०८३ वैशाख १५ गते सातवटै प्रदेश अधिवेशन र वैशाख २७ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ । यादव पक्षले पार्टीको आन्तरिक तयारी, संगठन विस्तार र निर्वाचनपश्चातको राजनीतिक सन्तुलनका लागि थप समय आवश्यक रहेको तर्क गरेको छ ।
सहमहामन्त्री पाण्डेले भने पुसमै महाधिवेशन गर्ने धारणा बलियो रहेको बताउँदै, “विशेष महाधिवेशन पक्षधरहरूको मागलाई सम्बोधन गर्न र संगठनभित्रको असन्तुष्टि न्यूनिकरण गर्न पुसको विकल्प उपयुक्त देखिन्छ,” भने ।
उता, सहमहामन्त्री किशोरसिंह राठौरले अहिले देशका सबै निकाय ‘जलेको अवस्थामामा’ रहेको उल्लेख गर्दै कांग्रेसले आन्तरिक मतभेदभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले निर्वाचन सम्पन्न भएपछि मात्र नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित हुने विश्वास व्यक्त गरे ।
केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रका सबै विचार र मतलाई सम्बोधन गर्दै लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । “विधानले व्यवस्था गरेअनुसार विशेष महाधिवेशन पनि वैधानिक प्रक्रिया हो । त्यसैले कांग्रेसले लोकतान्त्रिक अभ्यासमा उदाहरणीय कदम चाल्नुपर्छ,” महरले भने ।
बैठकमा दुई फरक प्रस्ताव पेस भएपछि अहिले पार्टीभित्र महाधिवेशनको समय र स्वरूपबारे गहिरो मतभेद सतहमा आएको देखिएको छ । शीर्ष नेताहरूले भने दुवै धारबीच सहमति खोज्ने प्रयास जारी रहेको जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: