Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

तीन राजनीतिक दलका नेताहरूले भने-‘चुनावबाटै निकास सम्भव’

खबरडबली संवाददाता

काठमाडौँ । देश अहिले चुनाव र संवैधानिक सङ्कटबिचको केन्द्रबिन्दुमा उभिएको तीन राजनीतिक दलका नेताहरूले बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको अन्तरक्रियामा नेताहरूले अहिलेको जटिल अवस्थालाई निर्वाचनबाट निकास दिन सकिने बताए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का सचिवालय सदस्य डिपी ढकालले देश कता जान्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताउँदै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै भएकाले यसका लागि सरकारले तोकेको समयमा निर्वाचन गराउनुको विकल्प नभएको बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशलाई अस्थिरताबाट स्थिरतामा लैजान र देशको जटिल अवस्थाबाट स्थायित्वमा लैजान निर्वाचनमा जानु नै उत्तम भएको धारणा राखे ।

पूर्वसामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री एवम् नेकपा (एमाले)का केन्द्रीय सदस्य भगवती न्यौपानेले गणतन्त्र ल्याउन ज्यान दिन अगाडि सर्नेहरूमै अहिले संवेदनशीलता हराएको टिप्पणी गरिन् । उनले दलहरू आरोप–प्रत्यारोपमा अल्झिएर बस्नुभन्दा निर्वाचनमा गएर निकास निकाल्नुपर्ने बताइन् । 

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशील बन्धु थापाले हालको राजनीतिक अस्थिरता, जेनजी आन्दोलन र विदेशी हस्तक्षेपका घटनालाई देशभक्तिपूर्ण दृष्टिकोणले मूल्याङ्कन गर्दै निर्वाचनबाट अगाडि गर्नुपर्ने दलहरूको निष्कर्ष रहेको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending