काठमाडौं । युएईमा जारी आइसिसी विश्वकप लिग–२ क्रिकेट शृङ्खलामा अमेरिकाले चारै खेल जित्दै शतप्रतिशत सफलता हात पारेको छ ।
सिरिजको अन्तिम खेलमा सोमबार अमेरिकाले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई दुई सय ४३ रनको विशाल अन्तरले पराजित गर्यो । जितका लागि दुई सय ९३ रनको लक्ष्य पछ्याएको युएई २१.१ ओभरमै सबै विकेट गुमाउँदै ४९ रनमा समेटियो ।
युएईका जुनैद सिद्धिक्वीले १० रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । अमेरिकाका रसिल उगरकरले पाँच विकेट लिए भने सौरभ नेत्रभल्करले तीन विकेट झारे ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ९२ रनको योगफल बनाएको थियो । मोनाङ्क पटेलले एक सय ३७ रनको शतकीय पारी खेलेका थिए भने मिलिन्ड कुमार १२३ रनमा अविजित रहे ।
जितसँगै अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्षस्थानमा पुगेको छ । पराजित युएई १९ खेलबाट आठ अंक जोड्दै तालिकाको अन्तिम स्थानमा छ । १९ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ । नेपालले यस शृङ्खलाको अन्तिम खेल कात्तिक १९ गते (बुधबार) युएईसँग खेल्नेछ ।
आठ टोली सहभागी लिगमा दोस्रो स्थानमा स्कटल्यान्ड २४ खेलबाट ३० अंकसहित रहेको छ । तेस्रोमा नेदरल्यान्ड्स २८ अंक (२४ खेल), चौथोमा ओमान २४ अंक (२० खेल), पाँचौँमा क्यानडा २१ अंक (२४ खेल) र छैटौँमा नामिबिया १९ अंक (२४ खेल) सहित रहेका छन् ।
लिग–२ अन्तर्गत आठै राष्ट्रले नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक टोलीले तीन शृङ्खला घरेलु मैदानमा र बाँकी छ शृङ्खला विदेशी मैदानमा खेल्नेछ ।
प्रतियोगिताको शीर्ष चार टोली सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा सोझै छनोट हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: